जेभियर इन्टरनेशनललाई आउटस्टान्डिङ पर्फमेन्स अवार्ड

जेभियर इन्टरनेशनललाई आउटस्टान्डिङ पर्फमेन्स अवार्ड


काठमाडौंको कालोपुलमा रहेको जेभियर इन्टरनेशनल कलेजले आउटस्टान्डिङ पर्फमेन्स अवार्ड, २०८०’ प्राप्त गरेको छ। 

केन्द्रबिन्दु डटकमले आइतबार काठमाडौंमा आयोजना गरेको एक विशेष कार्यक्रमकाबीच आफूलाई वास्तविक अर्थमै इन्टरनेसनल लेभलको कलेजका रुपमा स्थापित गराउन सफल जेभियर इन्टरनेशनललाई आउटस्टान्डिङ पर्फमेन्स अवार्ड प्रदान गरिएको हो। 

प्लस टु, ए लेभलदेखि एमबीएससम्मको बहुआयामिक कार्यक्रम सञ्चालन गरिरहेको जेभियर इन्टरनेशनलले शिक्षा क्षेत्रमा पुर्याएको योगदानको उच्च सम्मान गर्दै केन्द्रबिन्दुले उक्त अवार्ड प्रदान गरेको हो। 

उत्कृष्ट, अनुशासित, जिम्मेवार र नेतृत्वदायी शिक्षाको पहिचान बनाइसकेको र प्रयोगात्मक एवं समयसापेक्ष शिक्षामा जोड दिँदै आएको यस कलेजले परिवर्तित प्रविधि, पाठ्यक्रम र व्यवहारिक ज्ञानलाई उच्च प्राथमिकतामा राखेको छ। 

Logo