शिक्षादिपलाई प्रेस्टिजियस प्लस टु आउट अफ भ्याली अवार्ड

शिक्षादिपलाई प्रेस्टिजियस प्लस टु आउट अफ भ्याली अवार्ड


मोरङको विराटनगरमा रहेको शिक्षादीप कलेजलाई ‘प्रेस्टिजियस प्लस टु आउट अफ भ्याली अवार्ड, २०८०’ प्रदान गरिएको छ । 

केन्द्रबिन्दु डटकमले आइतबार काठमाडौंमा आयोजना गरेको एक विशेष कार्यक्रमकाबीच शिक्षादीप कलेजलाई प्रेस्टिजियस प्लस टु आउट अफ भ्याली अवार्ड प्रदान गरिएको हो । शिक्षादीपले २०५३ सालदेखि शिक्षा क्षेत्रमा योगदान पुर्याउँदै आएको योगदानको उच्च सम्मान गर्दै केन्द्रबिन्दुले उक्त अवार्ड प्रदान गरेको हो । 

प्लस टुसम्मको अध्ययन हुने यो स्कुलमा विज्ञान र व्यवस्थापन संकायमा अध्यापन हुँदै आएको छ । शिक्षादीपमा कक्षा १२ सम्मको अध्ययन गरेकी अदिति जैनले एमबीबीएसको इन्ट्रान्स परीक्षामा देशैभरका छात्राबाट आफुलाई पहिलो नम्बरमा नाम निकाल्न सफल हुनुले पनि यो स्कुलको उचाई मापन सहज बनाइदिएको छ । आफ्नै सुविधासम्पन्न भवन र कक्षाकोठा, खुला वातावरण, पर्याप्त खेल मैदान, आवश्यक सम्पूर्ण पुस्तक पाइने पुस्तकालय शिक्षादीपका विशेषता हुन् ।

Logo