मस्टो सरस्वती माविलाई उत्कृष्ट विद्यालय अवार्ड प्रदान

मस्टो सरस्वती माविलाई उत्कृष्ट विद्यालय अवार्ड प्रदान


कालिकोटको मस्टो सरस्वती माध्यमिक विद्यालय ‘केन्द्रबिन्दु एक्सिलेन्स एजुकेसन अवार्ड, २०८०’ बाट सम्मानित भएको छ । 

केन्द्रबिन्दु डटकमले आइतबार काठमाडौंमा आयोजना गरेको एक विशेष कार्यक्रमकाबीच सामुदायिकतर्फको अब्बल शिक्षण संस्था मस्टो सरस्वती मावि उक्त अवार्डबाट सम्मानित भएको हो । 

२०४५ सालमा स्थापना भएको कालिकोटमा रहेको मस्टो सरस्वती माध्यमिक विद्यालयले समुदायलाई केन्द्रित गर्दै विद्यार्थीमैत्री अध्यापन गराउँदै आएको छ । 

उक्त विद्यालयमा व्यवस्थापन, मानविकी र शिक्षा संकायतर्फ पढाइ हुने गरेको छ । अध्यापन गर्दै आएको यो शैक्षिक संस्थाले व्यवहारिक शिक्षा प्रदान गर्दै आएको छ ।

Logo