नुवाकोटको ऐसेलु भूमे माविलाई उत्कृष्ट विद्यालयको अवार्ड प्रदान

नुवाकोटको ऐसेलु भूमे माविलाई उत्कृष्ट विद्यालयको अवार्ड प्रदान


नुवाकोटको किस्पाङ गाउँपालिका–३ काहुलेस्थित ऐसेलु भूमे माध्यमिक विद्यालयलाई ‘केन्द्रबिन्दु एक्सिलेन्स एजुकेसन अवार्ड, २०८०’ प्रदान गरिएको छ । 

केन्द्रबिन्दु डटकमले आइतबार काठमाडौंमा आयोजना गरेको एक विशेष कार्यक्रमकाबीच सामुदायिकतर्फको अब्बल शिक्षण संस्था ऐसेलु भूमे माविलाई एक्सिलेन्स एजुकेसन अवार्ड प्रदान गरिएको हो ।  

ऐसेलु भूमे माविले शिक्षा क्षेत्रमा पुर्याएको योगदानको उच्च सम्मान गर्दै केन्द्रबिन्दुले उक्त अवार्ड प्रदान गरेको हो ।

साढे तीन दशकअघि छाप्रोबाट सुरु भएको याे सामुदायिक विद्यालय स्थानीयवासीको भरथेग, शिक्षकको मेहनत र राज्यको साथका कारण अहिले अब्बल सावित हुन थालेको छ । कक्षा ९–१२ मा बाली विज्ञान विषयमा पढाइ हुने ऐसेलु भूमे नेपाल सरकारको ‘नमूना विद्यालय’ छनोटमा परेपछि पूर्वाधार विकास र शैक्षिक उन्नयनमा व्यापक सुधारसहित फड्को मार्न सफल भएको छ ।

Logo