सेन्ट जेभियर्स कलेजलाई केन्द्रबिन्दु एक्सिलेन्स एजुकेसन अवार्ड

सेन्ट जेभियर्स कलेजलाई केन्द्रबिन्दु एक्सिलेन्स एजुकेसन अवार्ड

केन्द्रबिन्दु
0
Shares

काठमाडौंको माईतिघर/जावलाखेलमा रहेको सेन्ट जेभियर्स कलेजले ‘केन्द्रबिन्दु एक्सिलेन्स एजुकेसन अवार्ड, २०८०’ प्राप्त गरेको छ । 

केन्द्रबिन्दु डटकमले आइतबार काठमाडौंमा आयोजना गरेको एक विशेष कार्यक्रमकाबीच सामुदायिकतर्फको अब्बल शिक्षण संस्था सेन्ट जेभियर्स कलेजलाई एक्सिलेन्स एजुकेसन अवार्ड प्रदान गरिएको हो । 

सेन्ट जेभियर्सले शिक्षा क्षेत्रमा पुर्याएको योगदानको उच्च सम्मान गर्दै केन्द्रबिन्दुले उक्त अवार्ड प्रदान गरेको हो ।

जीवनउपयोगी शैक्षिक पाठ्यक्रम र सरल अध्यापन शैली अपनाएको यो कलेजमा सौहार्दपूर्ण वातावरणमा पढाईं हुँदै आएको छ । गुणस्तरीय फ्याकल्टी, आधुनिक प्रयोगशाला, आन्तरिक परीक्षाजस्ता कुरामा सेन्ट जेभियर्सले विशेष ध्यान दिने गरेको छ । शिक्षक विद्यार्थीबीचको सुमधुर सम्बन्धले पनि यो कलेज सबै अभिभावकमाझ प्रिय छ ।

कक्षा ११ मा विज्ञान संकाय मात्र अध्यापन हुने सेन्ट जेभियर्सले मेरिटका आधारमा हजारौं विद्यार्थीबाट भर्ना लिने गरेको छ । कक्षा ११ मा विज्ञान संकाय मात्र अध्यापन हुने सेन्ट जेभियर्सले मेरिटका आधारमा हजारौं विद्यार्थीबाट भर्ना लिने गरेको छ । अतिरिक्त क्रियाकलाप र काउन्सिलिङमा समेत उत्तिकै ध्यान दिँदै आएको यस संस्थाले नियमित आन्तरिक परीक्षा लिने गरेको छ ।  

Logo