ख्वप कलेजले पायाे केन्द्रबिन्दु एक्सिलेन्स एजुकेसन अवार्ड

ख्वप कलेजले पायाे केन्द्रबिन्दु एक्सिलेन्स एजुकेसन अवार्ड

केन्द्रबिन्दु
0
Shares

भक्तपुरको ख्वप कलेज अफ इन्जिनियरिङले ‘केन्द्रबिन्दु एक्सिलेन्स एजुकेसन अवार्ड, २०८०’ प्राप्त गरेको छ । 

केन्द्रबिन्दु डटकमले आइतबार काठमाडौंमा आयोजना गरेको एक विशेष कार्यक्रमकाबीच सामुदायिक विद्यालयको भिडमा सबैभन्दा सफल र चर्चित शिक्षण संस्था ख्वप कलेजलाई एक्सिलेन्स एजुकेसन अवार्ड प्रदान गरिएको हो ।

सांस्कृतिक शहर भक्तपुरको केन्द्रमा रहेको यो कलेज भक्तपुर नगरपालिकाद्वार सञ्चालित छ । सस्तो मूल्यमा इन्जिनियर बन्न चाहनेहरुका लागि उपयुक्त गन्तव्य बन्दै आएको यो कलेज प्रविधिको हिसाबमा पनि उच्चकोटीको शैक्षिक संस्था हो । 

न्यून आय भएका विद्यार्थी अध्ययन गर्न सक्ने यो कलेजले पराम्परागत प्रविधि र सामग्रीको संरक्षण गर्दै आधुनिक युगमा समयसापेक्ष अध्यापन गराउने गरेको छ ।

प्रतिस्पर्धात्मक अन्तर्राष्ट्रिय बजारमा न्यून आय भएका विद्यार्थी अध्ययन गर्न सक्ने यो कलेजले पराम्परागत प्रविधि र सामग्रीको संरक्षण गर्दै आधुनिक युगमा समयसापेक्ष अध्यापन गराउने गरेको छ ।  सिभिल, कम्प्युटर र इलेक्ट्रिकल इन्जिनियरिङ विषयको अध्यापन हुने यो कलेजले कक्षा ११ र १२ मा विज्ञान र मानविकीमा भर्ना लिने गरेको छ । सुविधा सम्पन्न अत्याधुनिक भवन, खुल्ला र पर्याप्त खेल मैदान, शान्त र स्वच्छ वातावरणले पनि अध्ययन गर्न चाहाने विद्यार्थीलाई प्रेरित गर्ने गरेको छ । 

Logo