पोखराको अमरसिंह नमुना माविलाई केन्द्रबिन्दु एक्सिलेन्स एजुकेसन अवार्ड

पोखराको अमरसिंह नमुना माविलाई केन्द्रबिन्दु एक्सिलेन्स एजुकेसन अवार्ड

केन्द्रबिन्दु
0
Shares

पोखराको अमरसिंह नमुना उच्च माध्यमिक विद्यालयले ‘केन्द्रबिन्दु एक्सिलेन्स एजुकेसन अवार्ड, २०८०’ प्राप्त गरेको छ । 

केन्द्रबिन्दु डटकमले आइतबार काठमाडौंमा आयोजना गरेको एक विशेष कार्यक्रमकाबीच शैक्षिक क्षेत्रमा योगदान पुर्याउँदै स्वर्णिम दिन पार गरेको अमरसिंह उमाविलाई एक्सिलेन्स एजुकेसन अवार्ड प्रदान गरिएको हो । 

यसमा विद्यालय तहदेखि नै अध्ययापन हुँदै उच्च माविसम्मको पढाइ हुने गरेको छ । दुई दशक भन्दा बढीको यात्रा तय गरेको यो उच्च माविले प्लस टु तर्फ विज्ञान, व्यवस्थापन, मानवीकि र शिक्षा संकायमा अध्यापन हुँदै आएको छ । 

याे २०६२, २०६४ र २०६५  सालमा पश्चिमाञ्चलमा उत्कृष्ट सामुदायिक उच्च मावि हुन सफल भएको थियो । त्यस्तै, २०६३ साल नेपालमै उत्कृष्ट सामुदायिक उच्च मावि हुन सफल भयो ।

यो उच्च माविबाट उत्तिर्ण गरेर गएका विद्यार्थी मेडिसिन, इन्जिनियरिंग, चाटर्ड एकाउन्टेन्सी लगायत प्रतिष्ठित क्षेत्रमा कार्यरत छन् । प्रभावकारी व्यवस्थापन, समर्पित अध्यापक, लगनशील विद्यार्थी र सुविधायुक्त भौतिक पूर्वाधार यो उच्च माविमा उल्लेखनीय आधारका रुपमा रहेको छ ।

Logo