नेपाल प्रहरी विद्यालयलाई केन्द्रबिन्दु एक्सिलेन्स एजुकेसन अवार्ड

नेपाल प्रहरी विद्यालयलाई केन्द्रबिन्दु एक्सिलेन्स एजुकेसन अवार्ड


काभ्रेको साँगामा रहेको नेपाल प्रहरी विद्यालयले ‘केन्द्रबिन्दु एक्सिलेन्स एजुकेसन अवार्ड, २०८०’ प्राप्त गरेको छ । 

केन्द्रबिन्दु डटकमले आइतबार आयोजित एक विशेष कार्यक्रमकाबीच आदर्श नागरिकका लागि राम्रो शिक्षा भन्ने मुल मर्मसहित सञ्चालनमा रहेको नेपाल प्रहरी विद्यालयलाई उक्त अवार्ड प्रदान गरेको हो । 

यस विद्यालयमा ६० प्रतिशत प्रहरी कर्मचारीका बालबालिका र ४० प्रतिशत गैरप्रहरी कर्मचारीका बालबालिकालाई अध्यापन गराउने गरिन्छ । 

नेपाल प्रहरीको कल्याणकारी कोषबाट सञ्चालनमा रहेको यो विद्यालयमा कक्षा चारदेखि स्नातकसम्मको अध्यापन हुँदै आएको छ । कक्षा ४, ९ र ११ मा मात्रै भर्ना पाइने प्रहरी विद्यालयमा अनुशासनको उच्चतम नमुना देख्न पाइन्छ । शारीरिक शिक्षा र खेलकुदमा विशेष ध्यान दिने आवासीय विद्यालयमा कक्षा ११ मा व्यवस्थापन र विज्ञान विषयमा अध्यापन हुँदै आएको छ । 

Logo