सैनिक आवासीय महाविद्यालयलाई उत्कृष्ट विद्यालयको अवार्ड

सैनिक आवासीय महाविद्यालयलाई उत्कृष्ट विद्यालयको अवार्ड


भक्तपुरको सल्लाघारीमा रहेको सैनिक आवासीय महाविद्यालयले उत्कृष्ट विद्यालयको अवार्ड प्रदान गरिएको छ । 

केन्द्रबिन्दु डटकमले आइतबार आयोजित एक विशेष कार्यक्रमकाबीच नेपाली सेना कल्याणकारी कोषको संयोजकत्वमा सञ्चालित शैक्षिक संस्था सैनिक आवासीय महाविद्यालयलाई ‘केन्द्रबिन्दु एक्सिलेन्स एजुकेसन अवार्ड, २०८०’ प्रदान गरेकाे हो ।  

२०३५ सालदेखि निरन्तर शैक्षिक सेवामा समर्पित यस महाविद्यालयले २०६० सालदेखि व्यवस्थापन संकायमा अध्ययन अध्ययन थालेको थियो । त्यसको ६ वर्षपछि मानविकी र विज्ञानको समेत पठनपाठन सुरु गरेको महाविद्यालयले सैनिक र सर्वसाधारणका छोराछोरीलाई सस्तो मूल्यमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ । 

मेरिटका आधारमा हुने छनोटले देशका हरेक जिल्ला र गाउँबाट महाविद्यालय पढ्न विद्यार्थीका लागि सहज हुने गरेको छ । कक्षा ६ देखि स्नातकसम्मको अध्यापन हुने सैनिक महाविद्यालयले उत्कृष्ट अध्ययन शैली अपनाएको छ ।

Logo