एसओएस हर्मेन जिमेनियर स्कुललाई केन्द्रबिन्दु एक्सिलेन्स एजुकेसन अवार्ड

एसओएस हर्मेन जिमेनियर स्कुललाई केन्द्रबिन्दु एक्सिलेन्स एजुकेसन अवार्ड


भक्तपुरको मध्यपुर थिमीमा रहेको एसओएस हर्मेन जिमेनियर स्कुलले ‘केन्द्रबिन्दु एक्सिलेन्स एजुकेसन अवार्ड, २०८०’ प्राप्त गरेको छ । 

केन्द्रबिन्दु डटकमले आइतबार आयोजित एक विशेष कार्यक्रमकाबीच एसओएस हर्मेन जिमेनियर स्कुललाई एक्सिलेन्स एजुकेसन अवार्ड प्रदान गरेकाे हो । 

एसओएसले शिक्षा क्षेत्रमा पुर्याएको योगदानको उच्च सम्मान गर्दै केन्द्रबिन्दुले उक्त अवार्ड प्रदान गरेको हो ।

असहाय र गरिब विद्यार्थीलाई उच्च शिक्षा हासिल गर्न सहयोग पुगोस् भनेर सन् १९७३ मा स्थापना भएको यो स्कुलले मात्र ७५ जना विद्यार्थीबाट प्राथमिकतहको कक्षा सुरु गरेको थियो । विद्यार्थीहरुले पहिलो पटक सन् १९९१ मा एसएलसी लेखेपछि एसओएसले सन् १९९८ मा विज्ञान विषयमा केन्द्रित रहेर कक्षा ११ र १२ को कक्षा सुरु गरेको थियो । कक्षा ११ मा अध्ययनका लागि आफ्नै २५ प्रतिशत विद्यार्थीलाई प्राथमिकता दिने यो विद्यालयमा हरेक वर्ष १५० नयाँ विद्यार्थीले उच्चमाविमा भर्ना लिने गरेका छन् । 

Logo