विश्व निकेतन माविलाई केन्द्रबिन्दु एक्सिलेन्स एजुकेसन अवार्ड

विश्व निकेतन माविलाई केन्द्रबिन्दु एक्सिलेन्स एजुकेसन अवार्ड


काठमाडौंको त्रिपुरेश्वरमा रहेको विश्व निकेतन माध्यमिक विद्यालयले ‘केन्द्रबिन्दु एक्सिलेन्स एजुकेसन अवार्ड, २०८०’ प्राप्त गरेको छ । 

केन्द्रबिन्दु डटकमले आइतबार आयोजित एक विशेष कार्यक्रमकाबीच विश्व निकेतन माविलाई उक्त अवार्ड प्रदान गरेको हो । 

विं.स २००३ मा स्थापना भएको विश्व निकेतन माध्यमिक विद्यालय सामुदायिक विद्यालयकै उत्कृष्टमा गनिन्छ । कक्षा १ देखि स्नातकसम्मको पढाइ हुने गरेको विश्व निकेतनले सामुदायिक विद्यालयहरूको स्तर खस्कँदै गएको भन्ने कुरालाई गलत ठहराएको छ । 

हरेक वर्ष कक्षा १ देखि १० सम्म भर्ना खुल्दा ७५ प्रतिशतभन्दा बढी विद्यार्थी निजी विद्यालयका आउने गरेका छन् । यस्तै कक्षा ११ देखि १२ मा १ हजार विद्यार्थीको भर्ना खोल्दा हजार भन्दाबढी विद्यार्थी प्रवेश परीक्षामा सामेल हुन्छन् । यहाँ ११ र १२ कक्षामा विज्ञान, कानून, मानविकीको पढाई हुने गरेको छ ।

Logo