पर्यटन र होटल व्यवस्थापनमा स्थापित कलेज, आईएसटी

पर्यटन र होटल व्यवस्थापनमा स्थापित कलेज, आईएसटी


इन्टरनेसनल स्कुल अफ टुरिजम एन्ड होटल म्यानेजमेन्ट (आईएसटी) हस्पिटालिटी एजुकेसनको क्षेत्रमा सफलताको शिखर चुमेको कलेज हो । नेपालमा पनि होटल म्यानेजमेन्ट पढ्न सम्भव छ भनेर प्रमाणित गर्ने यो कलेजले आफ्नो १८ वर्षको यात्रामा टुरिजम र हस्पिटालिटी क्षेत्रमा नवआयामसहित अन्तर्राष्ट्रियस्तरका कोर्षहरु अध्यापन गराउँदै आएको छ ।

काठमाडौंको ज्ञानेश्वरमा रहेको आईएसटीले विद्यार्थीलाई जिज्ञासु र जागरुक बनाउन विषय अनुसार प्रयोगात्मक अभ्यास उच्च प्राथमिकतामा राखेको छ । 

टुरिजम् र होटल म्यानेजमेन्ट क्षेत्रमा अनुकरणीय बनिरहेको यो कलेजमा ‘प्लस टु’ र स्नातक दुवै तहको अध्ययन अध्यापन भइरहेको छ । आईएसटीमा अध्ययन गर्ने विद्यार्थीलेप्लस टु तर्फ विज्ञान,होटल म्यानेजमेन्ट वा टुरिजम म्यानेजमेन्ट विषय अध्ययन गर्न पाउने छन् भने अष्ट्रियाको भोकेशनल सर्टिफिकेटसमेत प्राप्त गर्नेछन् । यो वर्षबाट आईएसटीले कम्प्युटर स्टडीज समेत प्लस टुमा अध्यापन सुरु गरेको छ । 

काठमाडौंको ज्ञानेश्वरमा रहेको आईएसटीले विद्यार्थीलाई जिज्ञासु र जागरुक बनाउन विषय अनुसार प्रयोगात्मक अभ्यास उच्च प्राथमिकतामा राखेको छ ।

टुरिजम तथा हस्पिट्यालिटी अध्ययनका लागि पाठ्यक्रम समेत अन्तर्राष्ट्रियस्तरको भएको तथा प्रत्येक दुई वर्षमा विश्वविद्यालयबाट कोर्ष समेत अपडेट हुने भएकाले विद्यार्थीहरु हस्पिटयालिटी, टुरिजम लगायत जुनसुकै क्षेत्रमा समेत अब्बल सावित हुने कलेजको दाबी छ । आफ्ना विद्यार्थीलाई विश्वबजारमा प्रतिष्पर्धी बनाउन आइएसटी सफल छ । 

आईएसटी कलेजले इन्टर कलेज खेलकुद प्रतियोगिता,शैक्षिक भ्रमण,इन्ड्रष्ट्रियरल भिजिट,जब फेयर, एडुकेसनल फेयर,पाटा नेपालका कार्यक्रममा विद्यार्थीलाई सहभागी गराउने गरेको छ । यस्तै, सामाजिक कार्यमा कलेजले ओल्डएज होम इभेन्ट, रक्तदान लगायत कार्यक्रम आयोजना गर्दै आएको छ । कलेजको उद्देश्य भनेको विद्यार्थीलाई सिर्जनशील,हरेक समस्या समाधान गर्ने र निर्णय गर्ने क्षमताको विकास गर्न सहजिकरण गर्नु हो । 

अत्याधुनिक भौतिक पूर्वाधारले भरिपूर्ण यो कलेजले विद्यार्थीलाई जीवनोपयोगी र सीपमूलक कोर्षहरु पढाउँदै आएको छ ।

अत्याधुनिक भौतिक पूर्वाधारले भरिपूर्ण यो कलेजले विद्यार्थीलाई जीवनोपयोगी र सीपमूलक कोर्षहरु पढाउँदै आएको छ । खुला कक्षा कोठा, ल्याब, अडियो भिडियोसहितको हल, सुविधासहितको बेकरी, बार, प्राक्टिकल किचन, प्राक्टिकल रेस्टुरेन्ट, हाउस किपिङ,मोक रुम, पुस्तकालय लगायत सुविधा यो कलेजमा पढ्ने विद्यार्थीले पाउँछन् । 

Logo