हरेक वर्ष शतप्रतिशत नतिजा ल्याउन सफल, केएमसी बालकुमारी

हरेक वर्ष शतप्रतिशत नतिजा ल्याउन सफल, केएमसी बालकुमारी


दुई दशक बढी व्यवसायिक शिक्षामा समर्पित शैक्षिक संस्था हो, काठमाडौं मोडल सेकेन्डरी स्कुल (केएमसी) बालकुमारी । शिक्षण क्षेत्रमा योगदान गर्दै आएको केएमसीमा प्लस टुदेखि स्नातकाेत्तर तहसम्म अध्यापन हुँदै आएको छ । 

दक्ष जनशक्ति उत्पादनका लागि अनवरत रुपमा शैक्षिक योगदान गर्दै आएको केएमसीमा प्लस टु तर्फ विज्ञान,व्यवस्थापन,मानविकी र कानुन संकायमा अध्ययन अध्यापन हुन्छ । उत्कृष्ट नतिजा निकाल्दै आएको यो कलेजले सैद्धान्तिकसंगै व्यवहारिक अभ्यासमार्फत अध्यापन गराउँछ । विद्यार्थीको मनोभावनालाई समेत ध्यानमा राख्दै विद्यार्थी केन्द्रित अध्यापनमा केएमसीले जोड दिने गरेको छ । 

विद्यार्थी सिकाईको दायरालाई फराकिलो बनाउन केएमसी बालकुमारीले विश्वका प्रख्यात विश्वविद्यालयसँग सहकार्य गरेको छ ।

विद्यार्थी सिकाईको दायरालाई फराकिलो बनाउन केएमसी बालकुमारीले विश्वका प्रख्यात विश्वविद्यालयसँग सहकार्य गरेको छ । सूचना र प्रविधिको युग भएकाले केएमसीले नेपालमै पहिलो पटक युकेको नेशनल कम्प्युटर सेन्टर(एनसीसी)सँग समन्व्य गरेर एसईई दिएका विद्यार्थीका लागि प्रविधिका क्षेत्रमा नविनतम् कोर्ष समावेश गरेको छ। यस प्रकारको सहकार्यले विद्यार्थी,अध्यापकको सिकाई तथा अनुभव आदनप्रदान भएर विद्यार्थीको नेतृत्व तथा क्षमता विकासमा मद्दत पुग्दै आएको छ । 

KMC Lalitpur - Edusanjal

केएमसी बालकुमारीले हरेक वर्ष शतप्रतिशत नतिजा ल्याउन सफल छ । विद्यार्थीको चौतर्फी विकासका लागि केएमसीले पाठ्यक्रमसंग सम्बन्धित (सीसीए)गतिविधिमा प्रयोगात्मक विधि, लिडरसिप ट्रेनिङ, म्यानेजमेन्ट एण्ड ल, मुट कोर्ट प्रतियोगिता, इन्डिष्ट्रि भिजिट तथा अतिरिक्त क्रियाकलाप (ईसीए)मा कविता प्रतियोगिता, स्पीच, खेलकुद, मिस्टर एण्ड मिस केएमसी प्रतियोगिता लगायत रचनात्मक गतिविधि समेत समेटेको छ । यस्तै,प्लस टुमा भर्ना हुन आएका विद्यार्थीलाई निश्चित संकायको अध्ययन अध्यापन मात्र नभएर उच्च मावि तह उत्तिर्णपश्चात मेडिसिन, इन्जिनियरिङ, आईटीलगायत व्यवसायिक कार्यक्रमछनोट तथा छात्रवृत्ति प्राप्त गर्न उचित परामर्श समेत दिने गरेको छ ।

निरन्तर नतिजामुखी परिणाम दिँदै आएको केएमसी अब्बल अध्यापक र विद्यार्थीको लगनशीलताले नै शिक्षण क्षेत्रमा पृथक रुपमा रहेको छ ।

केएमसीमा मल्टिमिडिया सहितको क्लासरुम,कम्प्युटर ल्याब, साइन्स ल्याब, मोडर्न क्लास रुम, पर्याप्त खेल मैदान, श्रोतयुक्त लाइबेरी,छात्रावास, उच्चस्तरको भौतिक संरचना लगायत सुविधा उपलब्ध छन् । निरन्तर नतिजामुखी परिणाम दिँदै आएको केएमसी अब्बल अध्यापक र विद्यार्थीको लगनशीलताले नै शिक्षण क्षेत्रमा पृथक रुपमा रहेको छ । सम्पूर्ण शैक्षिक प्याकेज बनेको केएमसी पक्कै पनि विद्यार्थीका लागि एसईई पश्चात केएमसी उपयुक्त शैक्षिक गन्तव्य हुनेमा दुई मत छैन । 

Logo