प्रयोगात्मक सिकाइमा बढी ध्यान दिने कलेज, एनसीसीएस

प्रयोगात्मक सिकाइमा बढी ध्यान दिने कलेज, एनसीसीएस


सुचना र व्यवस्थापन शिक्षाको क्षेत्रमा दुई दशक लामो यात्रा तय गरेको कलेज हो नेशनल कलेज अफ कम्प्युटर स्टडिज अर्थात् एनसीसीएस । काठमाडौं क्षेत्रपाटीको पकनाजोलमा रहेको एनसीसीएस कलेज आफ्नो सुरुवाती दिनबाट नै शैक्षिक क्षेत्रमा गतिशिल संस्थाका रुपमा स्थापित हुँदै उत्कृष्टता प्रदर्शन गर्न सफल छ ।

परिणाममुखी नतिजाका लागि विद्यार्थीलाई युग सुहाउँदो शिक्षा दिन एनसीसीएसले सूचना प्रविधि र व्यवस्थापनको क्षेत्रमा ध्यान केन्द्रित गरेर अध्यापन गराउँदै आएको छ । एनसीसीएसमा विद्यालय तह, उच्च माविदेखि स्नातकसम्म पढाइ हुँदै आएको छ । प्लस टु मा समेत उत्कृष्ट नतिजा निकाल्दै आएको यो कलेज साक्षर समाज बनाउने उद्देश्य राखेर शैक्षिक क्षेत्रमा प्रखर रुपमा उत्रिएको छ । 

परिणाममुखी नतिजाका लागि विद्यार्थीलाई युग सुहाउँदो शिक्षा दिन एनसीसीएसले सूचना प्रविधि र व्यवस्थापनको क्षेत्रमा ध्यान केन्द्रित गरेर अध्यापन गराउँदै आएको छ ।

विद्यार्थीहरुलाई सिर्जनशील बनाउँदै जीवनपयोगी शिक्षा दिन एनसीसीएसले प्लस टु तर्फ म्यानेजमेन्ट, इन्फर्ममेशन टेक्नोलोजी,होटल म्यानेजमेन्टसहितका पाठ्यक्रममा अध्यापन गराईरहेको छ । यो कलेजबाट उच्च माध्यमिक तह उत्तिर्ण गरेका विद्यार्थीले आफ्नो क्षेत्रमा उत्कृष्टता प्रदर्शन समेत गरेका छन् । साथै, प्लस टु उत्तिर्ण गरेका विद्यार्थीले स्नातक तहमा व्यवस्थापन, मानविकी, चाटर्ड एकाउनटेन्टलगायत अन्य कोर्षमा अध्ययनमा सफलता प्राप्त गरेका छन् । 

पूर्व विद्यार्थी मात्र नभएर कक्षा १२ मा अध्ययन गरिरहेका विद्यार्थी समेत यो कलेजको शिक्षण पद्दतिबाट सन्तुष्ट छन् । प्लस टु अध्ययनका लागि उपयुक्त शैक्षिक वातावरण, विद्यार्थीमैत्री कलेज सैद्धान्तिकसंगै प्रयोगात्मक सिकाई रहेकालेसमेत एनसीसीएस कलेज विद्यार्थीको रोजाइमा पर्दै आएको छ । 

प्लस टु अध्ययनका लागि उपयुक्त शैक्षिक वातावरण, विद्यार्थीमैत्री कलेज सैद्धान्तिकसंगै प्रयोगात्मक सिकाई रहेकालेसमेत एनसीसीएस कलेज विद्यार्थीको रोजाइमा पर्दै आएको छ । 

रमणीय वातावरण, ठूलो पुस्तकालय, खेल मैदान मात्र नभएर मिलनसार र अनुभवी अध्यापक पनि यो कलेजका दरिलो खम्बा हुन् । हरेक वर्ष उत्कृष्ट नतिजा दिन सफल यो कलेज धेरै विद्यार्थी र अभिभावकको रोजाईमा पर्ने कलेज भन्दा दुई मत हुने छैन । उच्च मावि तर्फका विभिन्न कार्यक्रमको उत्कृष्ट नतिजा पस्किरहेको यस कलेज एसईई सकेर प्लस टुमा भर्ना हुन चाहने विद्यार्थीका लागि उपयुक्त गन्तव्य पक्कै हुनेछ । 

Logo