शैक्षिक वातावरण भएको उत्कृष्ट शिक्षणसंस्था नेपाल काष्ठमण्डप कलेज, कलंकी

शैक्षिक वातावरण भएको उत्कृष्ट शिक्षणसंस्था नेपाल काष्ठमण्डप कलेज, कलंकी


‘तपाईंको कलेज तपाईंको भविष्य’ भन्ने नारालाई कलेजको स्थापनाकालदेखि नै बोकेर अगाडि बढेको नेपाल काष्ठमण्डप कलेजले विद्यार्थीको सर्वागींण विकासमा ध्यान दिँदै आएको छ । 

विद्यार्थीको अतिरिक्त क्रियाकलापका साथै सह-पाठ्यक्रम गतिविधिलाई सिकाइको मूल मन्त्र बनाएको काष्ठमण्डप कलेजले प्लस टुका विद्यार्थीको मनोवैज्ञानिक परामर्शका लागि छुट्टै कक्षाको समेत व्यवस्था गरेको छ । किशोरावस्थाको मध्य चरणमा रहेका विद्यार्थीलाई दिइएको परामर्श र शिक्षाले नै उनीहरुको भविष्य निर्धारण गर्ने भएकाले विद्यार्थीलाई शैक्षिक कोर्षका साथै भविष्यको गन्तव्यबारे जानकार बनाउनु कलेजले आफ्नो मुख्य कर्तव्य ठानेको छ । 

विद्यार्थीको अतिरिक्त क्रियाकलापका साथै सह-पाठ्यक्रम गतिविधिलाई सिकाइको मूल मन्त्र बनाएको काष्ठमण्डप कलेजले प्लस टुका विद्यार्थीको मनोवैज्ञानिक परामर्शका लागि छुट्टै कक्षाको समेत व्यवस्था गरेको छ ।

विद्यार्थी जीवनमा उमेर व्यवस्थापनसँगै अध्ययनको व्यवस्थापन गर्नु अत्यन्त चुनौतीपूर्ण हुन्छ । यसको व्यवस्थापनका लागि कलेज परिवार विद्यार्थीको कलेज प्रवेशको सुरुकै दिनबाट लाग्ने र विद्यार्थीको भविष्य उज्जवल बनाउनेमा विश्वस्त छ । प्लस टुदेखि मास्टर्ससम्मको पढाइ हुने उक्त कलेजमा विद्यार्थीको विषय छनौटका लागि पनि पर्याप्त परामर्श दिइने बताइएको छ । 

विद्यार्थीले एसईईमा प्राप्त गरेको ग्रेडिङका आधारमा शतप्रतिशत छात्रवृत्तिका साथै कलेजले विभिन्न किसिमका अन्य छात्रवृत्तिको समेत व्यवस्था गरेको छ । 

Logo