विद्यार्थीको सीप तथा क्षमता विकास गर्न प्रतिबद्ध कलेज, निस्ट

विद्यार्थीको सीप तथा क्षमता विकास गर्न प्रतिबद्ध कलेज, निस्ट

केन्द्रबिन्दु
0
Shares

निस्टको जगमा रहेर नेसनल स्कुल अफ साइन्सेस ३० वर्ष अगाडि २०५० सालमा काठमाडौंको लैनचौरमा स्थापना भएको कलेज हो । शैक्षिक क्षेत्रमा बेग्लै पहिचान बनाउने उद्धेश्यसहित स्थापना भएको निस्टले आफूलाई निजी क्षेत्रबाट स्थापित पहिलो प्लस टु भएको दाबी गर्छ ।  

विज्ञान विषयको अध्ययनलाई प्राथकिमता दिँदै खुलेको भए पनि निष्टले व्यवस्थापन संकायमा समेतसँगै अध्ययन अध्यापन गराउँदै आएको छ । शैक्षिक यात्रामा एकपछि अर्को इँटा थप्दै लगेको निस्टले विद्यालयदेखि विश्वविद्यालय तहसम्मका पाठ्यक्रममा अध्ययन अध्यापन गराउँछ । 

निष्टले विज्ञान विषयको अध्ययनलाई प्राथकिमता दिँदै खुलेको भए पनि व्यवस्थापन संकायमा समेत सँगै अध्ययन अध्यापन गराउँदै आएको छ ।

कक्षा ११ र १२ मा विज्ञान तथा व्यवस्थापन विषयसमावेश गरेको निस्टले सुरुवातबाट नै उत्कृष्ट नतिजा दिँदै आएको छ । कानुन र मानविकी संकायको समेत अध्ययन सुरु गर्ने तयारीमा रहेको यो कलेजले शैक्षिक क्षेत्रमा परिणाममुखी नतिजा पस्कदै आएको छ । प्रत्येक वर्ष भर्ना हुने १ हजार विद्यार्थीको चौतर्फी विकासका लागि पाठ्यक्रमसंगै अतिरिक्त क्रियाकलापमा समेत सहभागी गराउँदै कलेजले अध्यापनलाई व्यवहारिक बनाएको छ । 

विद्यार्थीमा निखार ल्याउँदै पाठ्यक्रमसंगै प्रयोगात्मक अभ्यास दिन सह पाठ्यक्रमसंग सम्बन्धित विविध गतिविधि एवम् अतिरिक्त क्रियाकलापमा समेत यो कलेजले जोड दिएको छ । 

No photo description available.

निस्टले विद्यार्थीको सुविधालाई ध्यानमा राखेरस्वास्थ्य सेवा, यातायात सेवा, स्वस्थ क्याफ्टेरिया, पर्याप्त खेलकुद मैदानको समेत व्यवस्था गरेको छ । जेहेनदार विद्यार्थीका लागि छात्रावृत्तिको व्यवस्था समेत गरेको कलेजलेयुग सुहाउँदो प्रविधि भित्र्याएर सबै कक्षाकोठालाई अत्याधुनिक बनाएको छ । कक्षा ११ र १२ को अध्ययन पश्चात उच्च शिक्षलाई समेत ध्यान दिँदै सिकाई केन्द्रित भएकाले प्रत्येक विद्यार्थीको सीप तथा क्षमता विकास गर्न निस्टले कुनै कसर बाँकी राखेको छैन ।

विद्यार्थीमा निखार ल्याउँदै पाठ्यक्रमसंगै प्रयोगात्मक अभ्यास दिन सह पाठ्यक्रमसंग सम्बन्धित विविध गतिविधि एवम् अतिरिक्त क्रियाकलापमा समेत यो कलेजले जोड दिएको छ ।

विद्यार्थीको व्यक्तित्व विकासका लागि प्रविधिमैत्रि र भौतिक पूर्वाधारले सुविधासम्पन्न यो शैक्षिक संस्थामा आईटी एण्ड साइन्स क्लब, सोसल क्लब लगायत पनि सञ्चालनमा छन् । नेपालको शैक्षिक क्षेत्रमा अलग पहिचान बनाएको नेशनल स्कुल अफ साइन्सेस विज्ञान र व्यवस्थापनका विद्यार्थीका लागि उत्कृष्ट शैक्षिक गन्तव्य पनि हो ।

Logo