दक्ष जनशक्ति उत्पादन गर्ने कलेज, पिनाकल एकेडेमी

दक्ष जनशक्ति उत्पादन गर्ने कलेज, पिनाकल एकेडेमी

केन्द्रबिन्दु
0
Shares

विगत २५ वर्षदेखि देशमै उत्कृष्ट शिक्षा दिँदै आएको कलेज हो, पिनाकल एकेडेमी । ललितपुरको लगनखेलमा खुला र शान्त वातावरणमा अवस्थित पिनाकल एकेडेमीमा विद्यालय तह हुँदै स्नातक सम्म अध्यापन हुँदै आएको छ । 

त्यस्तै, सीपमूलक शिक्षा दिने उद्देश्यले डिप्लोमा इन फार्मेसी सिटीईभीटीबाट सम्बन्धन प्राप्त एवम् अन्य सीपमूलक कोर्षहरु समेत सञ्चालनमा ल्याएको छ । विज्ञान र व्यवस्थापन संकायबाट प्लस टु को अध्यापन सुरु गरेको पिनाकलले अहिले मानविकी र कानुन संकायमा समेत अध्यापन गराउँदै आएको छ ।

हरेक संकायमा सर्वोत्कृष्ट नतिजासहित शतप्रतिशत विद्यार्थी उत्र्तीण गराउन सफल पिनाकल समयसान्दर्भिक अध्ययन अध्यापन हुने अब्बल शैक्षिक संस्थाको रुपमा स्थापित छ । 

सुरुवातबाटै पिनाकलको शैक्षिक उपलब्धि निरन्तर उकालो चढिरहेको छ । देशभित्र मात्र नभएर यहाँका विद्यार्थीले अन्तर्राष्ट्रियस्तरमा समेत सफलता हासिल गरेका छन् । अध्ययन अध्यापनमा मात्र नभएर पाठ्यक्रमसंग सम्बन्धीत प्रयोगात्मक अभ्यासमा समेत यो कलेजले जोड दिएको छ । विज्ञान संकायमा प्रयोगात्मक अभ्यास बाहेक व्यवस्थापन विषयमा विजनेश म्यानेजमेन्ट लिने विद्यार्थीलाई डेभलपमेन्ट ट्रेनिङ, होटल म्यानेजमेन्टका विद्यार्थीका लागि होटल ट्रेनिङ,कम्प्युटर म्यानेजमेन्टमा आईटी संगसम्बन्धीत कोर्षहरु छन् । 

हरेक संकायमा सर्वोत्कृष्ट नतिजासहित शतप्रतिशत विद्यार्थी उत्र्तीण गराउन सफल पिनाकल समयसान्दर्भिक अध्ययन अध्यापन हुने अब्बल शैक्षिक संस्थाको रुपमा स्थापित छ ।

त्यस्तै, कानुनका विद्यार्थीलाई मुटकोर्ट तालिम र ल फर्मममा अभ्यासको व्यवस्था कलेजले गरेको छ । त्यस्तै, पत्रकारिताका विद्यार्थीका लागि सञ्चार गृहमा इन्टर्नसिपको व्यवस्था समेत गरिएको छ । यसरी प्लस टु मा अध्ययन गरिने कुनै पनि संकायलाई सैद्धान्तिकसँगै व्यवहारिक र व्यवसायिक बनाउन पिनाकलले जोड दिएको छ । 

Pinnacle College Lagankhel | venue | Event Nepal

भौतिक पूर्वाधारले सुविधासम्पन्न यो कलेजमा विद्यार्थीको सर्वागिण विकासलाई ध्यान दिँदै अतिरिक्ति क्रियाकलापसंग सम्बन्धित विविध गतिविधिलाई समेत प्राथमिकता दिएको छ । शैक्षिक भ्रमण,कलेजमा हुने कार्यक्रम बाहेक विद्यार्थीलाई प्रोत्साहन गरेर खेल क्षेत्रमा समेत सीप र कौशल प्रदर्शन गरेर देशमा अब्बल खेलाडी पिनाकलका छन् । 

शैक्षिक भ्रमण,कलेजमा हुने कार्यक्रम बाहेक विद्यार्थीलाई प्रोत्साहन गरेर खेल क्षेत्रमा समेत सीप र कौशल प्रदर्शन गरेर देशमा अब्बल खेलाडी पिनाकलका छन् । 

त्यस्तै, यो कलेजमा युग सुहाँउदो अध्ययनमा जोड दिएकाले अध्यापनलाई प्रविधिमैत्री बनाउन समेत केन्द्रित छ । त्यति मात्र नभएर परिणाममुखी नतिजा, अनुभवी अध्यापक, विद्यार्थीमैत्रि शिक्षण पद्दति समेत यहाँका विशेषता रहेका छन् । विद्यार्थीको सिकाईको दायरा फराकिलो बनाउँदै दक्षजनशक्ति तयार गर्न पिनाकल एक शेतुका रुपमा रहेकाले पिनाकल रोजाईमा पर्दै आएको छ । 

गुणस्तरीय शिक्षालाई मुल जडका रुपमा लिएको पिनाकल एकेडेमी, देशै एक अग्रणी शैक्षिक संस्थाका रुपमा पृथक पहिचान बनाउन सफल छ । अनुशासित शैक्षिक वातावरण भएकाले नै यहाँ अध्ययन गरेका विद्यार्थी अब्बल सावित भएका छन् । त्यसैले त रोजाईमा पिनाकल एकेडेमी पर्दै आएको छ । 

Logo