उद्यमी बन्न प्रेरित गर्ने तथा विद्यार्थीलाई जिवन उपयोगी शिक्षा दिने समृद्धि स्कुल, बनस्थली

उद्यमी बन्न प्रेरित गर्ने तथा विद्यार्थीलाई जिवन उपयोगी शिक्षा दिने समृद्धि स्कुल, बनस्थली

केन्द्रबिन्दु
0
Shares

२१औं शताब्दीमा आवश्यक पर्ने ज्ञान,सीप र क्षमता भएको जनशक्ति उत्पादन गर्ने शैक्षिक संस्थान हो समृद्धि स्कुल । गुणस्तरीय भौतिक पूर्वाधारका साथै अनुभवी र तालिमप्राप्त शिक्षक शिक्षिका भएको समृद्धि स्कुलले विद्यार्थीमा दिने परिणाम पनि गुणस्तरीय नै हुन्छ भन्ने कुरा प्रमाणित गर्दै आएको छ । 

आवश्यक ज्ञान र सीप प्रदान गर्न प्रतिवद्ध समृद्धि स्कुलले आवश्यक गुणस्तरीय पूर्वाधारसहित अनुभवी र अब्बल शिक्षक शिक्षिकाहरुको व्यवस्था गरेको छ ।

आवश्यक ज्ञान र सीप प्रदान गर्न प्रतिवद्ध समृद्धि स्कुलले आवश्यक गुणस्तरीय पूर्वाधारसहित अनुभवी र अब्बल शिक्षक शिक्षिकाहरुको व्यवस्था गरेको छ । यसले विद्यार्थी भाइ बहिनीहरुका लागि विश्व बजारमा प्रतिस्पर्धा गर्न सहज हुने तथा स्थानीय बजारमा समेत काम गर्न सक्ने वातावरणको निर्माण गर्दछ । त्यस्तै विद्यालयले राइट माइन्ड सेट र रोजगारी सहितको शिक्षालाई पनि समृद्धिले प्राथमिकतामा राखेको छ । 

मूलतः समृद्धि स्कुल आइटी स्कुल र कलेजका रुपमा परिचित छ । कक्षाकोठामा प्रोजेक्टर र विद्यालय परिसरभित्र वाइफाइ फ्रि रहेको समृद्धिले टेक्नोलोजी इन्टिग्रेसनमा समेत आफुलाई उभ्याउन सफल भएको छ । विद्यार्थीलाई किताबी किरो बनाउनु भन्दा पनि सीप सहितको शिक्षामा जोड दिँदै स्कुलले नवीनतम प्रविधिसहितको शिक्षालाई भित्र्याएको छ । 

विद्यार्थीलाई किताबी किरो बनाउनु भन्दा पनि सीप सहितको शिक्षामा जोड दिँदै स्कुलले नवीनतम प्रविधिसहितको शिक्षालाई भित्र्याएको छ । 

त्यस्तै, कक्षा ११ र १२ को लागि इन्डियाको कोडिंगल युनिभर्सिटीसँग टाइअप गरेर आइटीका नयाँनयाँ कार्यक्रमसमेत समृद्धि स्कुलले भित्र्याएको छ । त्यसैले त प्रविधमैत्री भएर समयको माग अनुसारको शिक्षा लिन चाहने विद्यार्थीका लागि समृद्धि स्कुल पहिलो रोजाइमा पर्ने गरेको छ । 

Logo