२२ वर्षदेखि निरन्तर उत्कृष्ट १० भित्र पर्न सफल लिटल एन्जल्स स्कुल, हात्तीवन

२२ वर्षदेखि निरन्तर उत्कृष्ट १० भित्र पर्न सफल लिटल एन्जल्स स्कुल, हात्तीवन

केन्द्रबिन्दु
0
Shares

ललितपुरको हात्तीवनमा रहेको लिटल एन्जल्स स्कुल सन् १९८१ देखि निरन्तर शैक्षिक यात्रामा छ । सन् १९९७ देखि प्लस टु का कार्यक्रम सन्चालनमा ल्याएको यो स्कुलले अहिले भने मास्टरर्ससम्मको अध्यापन गराउँदै आएको छ । 

नयाँ पुस्तालाई प्रविधिमा आधारित भएर संस्कारसहितको शिक्षा दिनुपर्छ भन्ने मान्यता बोकेको लिटिल एन्जल्स कलेजले आफ्नो स्थापनाको ४२ वर्ष पूरा गरेको छ । शैक्षिक गुणस्तरलाई पहिलो प्राथमिकतामा राखेको बताउने लिटल एन्जल्सले गुणस्तरीय भौतिक पूर्वाधारसहित प्रविधिमैत्री कक्षाकोठाको व्यवस्था गरेको छ । कलेजको स्थापनाकालदेखि नै शतप्रतिशत रिजल्ट निकाल्न सफल एल ए २२ वर्षदेखि निरन्तर उत्कृष्ट १० कलेजभित्र आफूलाई राख्न सफल भएको छ । 

नयाँ पुस्तालाई प्रविधिमा आधारित भएर संस्कारसहितको शिक्षा दिनुपर्छ भन्ने मान्यता बोकेको लिटिल एन्जल्स कलेजले आफ्नो स्थापनाको ४२ वर्ष पूरा गरेको छ ।

‘शिक्षा सर्वसुलभ र गुणस्तरीय हुनुपर्छ’ भन्ने कुरालाई एलएले विशेष ध्यान दिँदै आएको छ । कलेजले कक्षा ११ र १२ मा साइन्स,मेनेज्मेन्टका साथै ए लेभलको समेत अध्यापन गराउँदै आएकोे छ । कलेज छनौट गर्दा विद्यार्थी तथा अभिभावकले कलेजको स्थायित्व,शैक्षिक गुणस्तर,परिणाम तथा यहाँबाट उत्तिर्ण भएका विद्यार्थीले समाज तथा राष्ट्रमा कस्तो पदीय हैसियतमा रहेर योगदान गरिरहेका छन् भन्ने कुरामासमेत ध्यान दिन जरुरी भएकोएल एको सुझाव छ । 

विद्यार्थीको शैक्षिक प्रगतिका साथै शारीरिक, मानसिक विकासलाई समेत जोड दिँदै लिटल एन्जल्समा समयअनुसारको सम्पूर्ण सेवा सुविधा उपलब्ध छ ।

यो कलेजले विषय विज्ञबाहेक शतप्रतिशत पूर्णकालिन शिक्षक शिक्षिकाबाट अध्यापन गराउँदै आएको छ । विद्यार्थीको शैक्षिक प्रगतिका साथै शारीरिक, मानसिक विकासलाई समेत जोड दिँदै लिटल एन्जल्समा समयअनुसारको सम्पूर्ण सेवा सुविधा उपलब्ध छ । 

Skip This
Skip This
Logo