अध्यापनमा अनुसन्धानात्मक पद्धति अंगालेको स्कुल, संस्कृति इन्टरनेसनल

अध्यापनमा अनुसन्धानात्मक पद्धति अंगालेको स्कुल, संस्कृति इन्टरनेसनल

केन्द्रबिन्दु
0
Shares

नेशनल एक्जामिनेसन बोर्डले तोकेको करिकुलमभित्र रहेर अन्तर्राष्ट्रियस्तरको शिक्षा दिने स्कूल हो, ‘संस्कृति इन्टरनेसनल स्कुल’ । विद्यालयसँगै प्लस टु शिक्षाको पनि अध्ययन अध्यापन हुनुपर्छ भन्ने मान्यता बोकेर संस्कृति स्कुलले २०७८ सालमा प्लस टु शिक्षाको सुरुवात गरेको हो । 

सार्वजनिक स्थलमा बोल्ने कलाको विकासका साथै अनुसन्धानात्मक पद्धतिबाट बालबालिका केन्द्रित सिकाइ प्रक्रियालाई जोड दिँदै आएको संस्कृति इन्टरनेसनलले कम शुल्कमा गुणस्तरीय शिक्षा दिँदै आएको छ । विद्यार्थीमा अन्तरनिहित ज्ञान,सीप र क्षमतालाई उजागर गरेर भविष्यको मार्गनिर्देशन गर्न समेत सहयोगी बन्ने संस्कृति स्कूलले विद्यार्थीमा रहँदै आएको परीक्षाको डरलाई हटाउनविभिन्न किसिमका कोकरिकुलम एक्टिभिटीको समेत व्यवस्था गरेको छ ।

सार्वजनिक स्थलमा बोल्ने कलाको विकासका साथै अनुसन्धानात्मक पद्धतिबाट बालबालिका केन्द्रित सिकाइ प्रक्रियालाई जोड दिँदै आएको संस्कृति इन्टरनेसनलले कम शुल्कमा गुणस्तरीय शिक्षा दिँदै आएको छ ।

कक्षा ११ र १२ मा विज्ञान, मानविकी र व्यवस्थापनको अध्ययन अध्यापन गराइने संस्कृति इन्टरनेस्नल काठमाडौंको स्वयंम्भूमा रहेको छ । विद्यार्थीलाई मेरिट बेस र अतिरिक्त क्षमताका आधारमा विभिन्न छात्रवृत्तिको व्यवस्था गरेको संस्कृति इन्टरनेसनल स्कुलले प्लस टु को सम्पूर्ण वातावरण बुझ्नका लागि स्कुल प्रांगण भिजिट गर्नसमेत अनुरोध गरेको छ । 

Logo