शिक्षा नाफामुखी नभइ सेवामुखी हुनुपर्छ भन्ने उद्देश्यसहित सन् १९९७मा लाजिम्पाटमा खुलेको कलेज हो जेभिएर एकेडेमी । आफ्नो स्थापनाको सिल्भर जुब्ली मनाएको जेभियर एकेडेमीले विद्यार्थीको सर्वांगीण विकासका लागि कुनै कसर बाँकी राखेको छैन ।
आफ्नो स्थापनाको सिल्भर जुब्ली मनाएको जेभियर एकेडेमीले विद्यार्थीको सर्वांगीण विकासका लागि कुनै कसर बाँकी राखेको छैन ।
‘गुणस्तरीय शिक्षाले नै गुणस्तरीय जनशक्ति उत्पादन गर्छ’ भन्ने मान्यता राख्ने जेभियरले शिक्षा र रोजगारीमा सुधार नआएसम्म नयाँ पुस्तालाई विदेश जानबाट रोक्न र विदेश गएकालाई नेपाल फर्काउन सहज नहुने बुझेको छ । त्यसैले आफ्ना कोर्सहरुलाई विश्वस्तरको बनाउँदै लगेको छ । जेभियरले आफूलाई ‘ख्याल राख्ने शैक्षिक संस्था’ का रूपमा चिनाउने गरेको छ ।
प्लस टुमा विज्ञान र व्यवस्थापनमा अध्ययन अध्यापन गराउने जेभियर एकेडेमी ९५ प्रतिशतभन्दा बढी नतिजा निकाल्न सफल छ ।
प्लस टुमा विज्ञान र व्यवस्थापनमा अध्ययन अध्यापन गराउने जेभियर एकेडेमी ९५ प्रतिशतभन्दा बढी नतिजा निकाल्न सफल छ । विद्यार्थी परिषद्का माध्यमबाट विद्यार्थीको प्रतिभालाई तिखार्दै र नेतृत्व विकासमा लगाउँदै आएको जेभिएर एकेडेमीले हरेक वर्ष अधिकतम ४० प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति दिँदै आएको छ । विद्यार्थी उन्मुख शिक्षण, विद्यार्थीहरूको उपस्थिति र कार्यसम्पादनलाई नजिकबाट अनुगमन, परीक्षण र मूल्याङ्कन गर्ने जेभियरले आवश्यक परामर्श र उपचारात्मक कक्षा पनि सञ्चालन गर्ने गरेको छ ।
प्रतिक्रिया