प्लस टु र ए लेभलका लागि नेपालभर चर्चित कलेज ट्रिनिटी इन्टरनेसनल, डिल्लीबजार

प्लस टु र ए लेभलका लागि नेपालभर चर्चित कलेज ट्रिनिटी इन्टरनेसनल, डिल्लीबजार


काठमाडौंको डिल्लीबजारमा रहेको ट्रिनिटी इन्टरनेसनल कलेज सैद्धान्तिक एवम् व्यवहारिक शिक्षा दिन प्रतिबद्ध छ । पर्याप्त भौतिक पूर्वाधार भएको यो कलेजमा प्लस टु संगसंगै स्नातक तहसम्म विभिन्न कार्यक्रम सञ्चालनमा छन् । ‘प्लस’ टुमा विज्ञान र व्यवस्थापन संकायको पढाइ हुने ट्रिनिटीमा ए लेभलको पनि पढाइ हुन्छ । यहाँबाट पासआउट भएका विद्यार्थीहरु चिकित्सा, इन्जिनियरिङ, व्यवस्थापन र मानविकीको हरेक क्षेत्रमा देश तथा विदेशमा सफल भएका छन् । 

विद्यार्थीको बौद्धिक, सामाजिक र व्यक्तिगत परिवर्तनका लागि गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको ट्रिनिटी विद्यार्थी केन्द्रित सिकाई पद्दतिबाट अगाडी बढेको कलेज हो ।

विद्यार्थीको बौद्धिक, सामाजिक र व्यक्तिगत परिवर्तनका लागि गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको ट्रिनिटी विद्यार्थी केन्द्रित सिकाई पद्दतिबाट अगाडी बढेको कलेज हो । नयाँ पाठ्यक्रमको माग अनुसार प्रोजेक्ट वर्क, फिल्ड भिजिटका विषयलाई समेत कलेजले सँगसँगै लिएर आएको छ । उत्कृष्टतालाई कायम राख्दै कक्षा ११ का विद्यार्थीले कक्षा १२ मा समेत विज्ञान तथा व्यवस्थापन संकायमा ९७ प्रतिशत विद्यार्थीले उर्तीण नतिजा निकाल्न सफल भएका छन् । 

Trinity College

ट्रिनिटीले विद्यार्थीलाई शैक्षिक र प्रोत्साहनका लागि व्यक्तिगत र सामूहिक परामर्श गर्दै प्लेसमेन्टका लागि करियर काउन्सेलिङसमेत गर्दै आएको छ । कलेजबाट पासआउट भएका विद्यार्थीहरु उत्कृष्ट नतिजासहित उच्च शिक्षा अध्ययन गर्न सफल भएका छन् । विद्यार्थीको क्षमता अभिवृद्धिका लागि ट्रिनिटीले १५० भन्दा बढि अतिरिक्त क्रियाकलाप तथा पाठ्यपुस्तकसंग सम्बन्धित विविध गतिविधिमा विद्यार्थीलाई सहभागी गराउँदै आएको यो कलेजले प्रोत्साहन स्वरुप छात्रवृत्तिको पनि व्यवस्था गरेको छ । 

विद्यार्थीको क्षमता अभिवृद्धिका लागि ट्रिनिटीले १५० भन्दा बढि अतिरिक्त क्रियाकलाप तथा पाठ्यपुस्तकसंग सम्बन्धित विविध गतिविधिमा विद्यार्थीलाई सहभागी गराउँदै आएको यो कलेजले प्रोत्साहन स्वरुप छात्रवृत्तिको पनि व्यवस्था गरेको छ । 

कलेजले विद्यार्थीका लागि ल्याब, लाइबेरी, होस्टेल, खेलकुद मैदान, क्याफ्टेरिया, आईसिटि सेन्टर, यातायात, स्वास्थ्य जाँच जस्ता सुविधा समेतको व्यवस्था गरेको छ । हरतरहबाट विद्यार्थीको व्यक्तित्व विकासमा समर्पित ट्रिनिटी आफ्ना विद्यार्थीलाई विश्वबजारमा प्रतिस्पर्धी बनाउन अध्यापनमा नविन अभ्यास गर्न बढी रुचाउछ । ट्रिनिटी कलेज परिणामुखी नतिजा दिएर बजारमा विद्यार्थीलाई सीप, दक्षतासहितको सिकाइ पद्धति अपनाउन प्रतिवद्ध छ । 

Logo