उत्कृष्ट शैक्षिक तथा पारिवारिक वातावरण भएको कलेज ट्रिटन इन्टरनेसनल, तिनकुने

उत्कृष्ट शैक्षिक तथा पारिवारिक वातावरण भएको कलेज ट्रिटन इन्टरनेसनल, तिनकुने


शैक्षिक क्षेत्रमा दुई दशक बढीको अनुभव हासिल गरेर पृथक पहिचान बनाएको कलेज हो, ट्रिटन इन्टरनेशनल स्कुल एण्ड कलेज । 

काठमाडौंको सुविधानगर तिनकुनेमा २०५६ सालमा खुलेको यो कलेज गुणस्तरीय शिक्षाका लागि कहलिएका कलेज पनि हो । आईएसओ मान्यता प्राप्त यो कलेज राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रबाट ज्ञान हासिल गर्दै लामो अनुभव प्राप्त गरेका अध्यापक, विशेषज्ञ, शिक्षाविद् र पेसाकर्मीहरुको साथ सहयोगमा सञ्चालनमा छ ।  

आईएसओ मान्यता प्राप्त यो कलेज राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रबाट ज्ञान हासिल गर्दै लामो अनुभव प्राप्त गरेका अध्यापक, विशेषज्ञ, शिक्षाविद् र पेसाकर्मीहरुको साथ सहयोगमा सञ्चालनमा छ ।  

स्नात्तोकत्तरसम्मको अध्ययन हुने यो कलेजमा उत्कृष्ट भौतिक पूर्वाधार, शान्त र वातावरणमैत्री कक्षाकोठा, पर्याप्त खेल मैदान छ । मल्टिमिडिया, अत्याधुनिक भौतिक पूर्वाधार लगायतले विद्यार्थीको सिकाइमा मद्दत पुगेको छ । समयअनुसार आफ्ना पाठ्यक्रमलाई परिमार्जन गर्दै लगेको यो कलेजमा प्लस टु तर्फ विज्ञान, व्यवस्थापन, मानविकी र कानुन संकायमा अध्ययन अध्यापन हुँदै आएको छ । 

Triton International Secondary School - Edusanjal

विद्यार्थीलाई पाठ्यक्रमसँग सम्बन्धीत व्यवहारिक शिक्षा बाहेक अतिरिक्त क्रियाकलापमा समेत यो कलेजले जोड दिँदै आएको छ । कलेजमा सञ्चालन हुने खेलकुद सप्ताह, शैक्षिक भ्रमण, ट्रिटन फेयर, फिस्ट, ट्रिटन नमुना संसद, रिसर्च रिपोर्ट लेखन, लगायतले विद्यार्थीको वौदिक विकासमा टेवा पुर्याएको छ । विद्यार्थीमा सिकाईको दायरा फराकिलो बनाउन शैक्षिक भ्रमण, प्रोजेक्ट वर्क, फिल्ड भिजिट जस्ता गतिविधिलाई समेत कलेजले प्राथमिकता दिने गरेको छ । 

विद्यार्थीलाई पाठ्यक्रमसँग सम्बन्धीत व्यवहारिक शिक्षा बाहेक अतिरिक्त क्रियाकलापमा समेत यो कलेजले जोड दिँदै आएको छ ।

ट्रिटनले विभिन्न चुनौति र अवसरलाई सम्बोधन गर्न र विद्यार्थीको करिअर सुनिश्चित गर्न हरसम्भव प्रयास गरिरहेको छ । विद्यार्थीलाई प्रोत्साहन गर्ने तथा अनुशासनमा राखेर शिक्षा दिने हुँदा भविष्यमा उच्च शिक्षा अध्ययनका लागि ट्रिटन दरिलो आधार हुनेमा ढुक्क हुन सकिन्छ ।  

Logo