उत्कृष्ट फ्याकल्टीसहित दक्ष जनशक्ति उत्पादन गर्ने कलेज, जेभियर इन्टरनेशनल

उत्कृष्ट फ्याकल्टीसहित दक्ष जनशक्ति उत्पादन गर्ने कलेज, जेभियर इन्टरनेशनल


नेपालमा अन्तर्राष्ट्रियस्तरको शिक्षा दिने उद्धेश्यसहित सन् २००१ मा स्थापना भएको कलेज हो, जेभियर इन्टरनेशनल। स्थापनाको २२ वर्ष पूरा गरेको यो कलेजमा शिक्षाप्रति समर्पित अध्यापकले अत्याधुनिक प्रविधिसहित अध्ययन अध्यापन गराउँदै आएका छन् । 

विश्वबजारमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गर्दै आएको यो कलेजमा प्लस टु देखि मास्टर्ससम्मका विभिन्न कार्यक्रमको अध्ययन अध्यापन हुँदै आएको छ ।प्लस टु को अध्यापन काठमाडौंको कालोपुलमा तथा स्नातक र स्नात्तोकत्तर तहतर्फको पढाईं बौद्धमा हुँदै आएको छ । जेभियरमा प्लस टु तर्फ विज्ञान, व्यवस्थापन, मानविकी र कानुन संकायमा पढाइ हुन्छ।

विश्वबजारमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गर्दै आएको यो कलेजमा प्लस टु देखि मास्टर्ससम्मका विभिन्न कार्यक्रमको अध्ययन अध्यापन हुँदै आएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले डिजाइन गरेको करिकुलम बाहेक विभिन्न एक्सप्रोजर, इन्टर्नसिप तथा अन्तर्राष्ट्रिय कन्फेरेन्स, वर्कसप, सेमिनार लगायत विद्यार्थीको व्यक्तित्व विकासका लागि कलेजले जोड दिएको छ । सन् २०३० सम्म नेपालको अग्रणी शैक्षिक संस्थाका रुपमा मानक तयार गर्ने लक्ष्यसहित अगाडी बढेको यो कलेजलाई गर्विलो बनाउन लगनशील विद्यार्थीको मेहेनत पनि त्यत्तिकै छ ।

२५ हजार बढी विद्यार्थीलाई अध्यापन गराउन सफल जेभियरले विदेशमा समेत आफ्नो ख्याति बटुलेको छ ।विद्यार्थीको व्यक्तित्व विकासका लागि पाठ्यक्रमसंग सम्बन्धित तथा अतिरिक्त क्रियाकलापमा समेत कलेजले जोड दिएको छ । उच्च प्रविधिसहितका कक्षा कोठा, भौतिक पूर्वाधारले सुविधासम्पन्न कलेज, यातायात सेवा,विद्यार्थीका लागि आवश्यक परामर्श, समूहगत छलफल, इन्डष्ट्रियल स्टडी, क्लब, शैक्षिक भ्रमण, खेलकुद लगायत विविध गतिविधिले नै विद्यार्थीको चौतर्फी विकासमा कलेज प्रतिबद्ध छ । 

सन् २०३० सम्म नेपालको अग्रणी शैक्षिक संस्थाका रुपमा मानक तयार गर्ने लक्ष्यसहित अगाडी बढेको यो कलेजलाई गर्विलो बनाउन लगनशील विद्यार्थीको मेहेनत पनि त्यत्तिकै छ ।

दुरदराजका जेहेनदार विद्यार्थी एवम् विद्यार्थीले प्राप्त गरेका नतिजाका आधारमा छात्रावृत्ति समेत उपलब्ध गराउने जेभियरले सैद्धान्तिकसंगै व्यवहारिक शिक्षामा जोड दिँदै आएको छ । 

Logo