आइएसटीले सम्पन्न गर्‍यो ‘युनिफाइड युनियन ओपन हाउस इभेन्ट’

आइएसटीले सम्पन्न गर्‍यो ‘युनिफाइड युनियन ओपन हाउस इभेन्ट’


काठमाडौं ज्ञानेश्वरमा रहेको आइएसटी कलेजले ‘युनिफाइड युनियन ओपन हाउस इभेन्ट’ आयोजना गरेको छ । 

आइएसटी कलेजमा अध्ययनरत ब्याचलर दोस्रो वर्षका तेस्रो सेमेस्टरका विद्यार्थीहरुले सञ्चालन गरेको ओपन हाउस इभेन्टमा काठमाडौं उपत्यकामा रहेका नर्थपोल र मेरिडियन स्कुल, भिएस र किष्ट कलेजमा अध्ययनरत ५०० सयभन्दा बढी विद्यार्थीहरुले कार्यक्रम स्थल भ्रमण गरेका थिए । यसैगरी कार्यक्रममा ब्याचलर पासआउट भइसकेका विद्यार्थीहरुलाई पनि कार्यक्रम स्थल भिजिट गर्न बोलाइएको थियो । कलेजका प्रिन्सिपल सम्झना बस्न्यातका अनुसार कार्यक्रमको सम्पूर्ण जिम्मेवारी विद्यार्थीले नै गरेका हुन् । 

प्रिन्सिपल बस्न्यातका अनुसार यस्तो कार्यक्रमहरु सञ्चालन गर्दा विद्यार्थीहरुले समूहमा कार्य कसरी गर्ने ? कन्फिडेन्ट विकास कसरी गर्ने ? नेतृत्वदारी भुमिका कसरी निर्भाह गर्ने ? आदि जस्ता कुराहरु सिक्ने गर्छन् । 

यसैगरी ‘युनिफाइड युनियन ओपन हाउस इभेन्ट’ का आयोजक विद्यार्थीहरुका अनुसार यस्ता कार्यक्रमहरु आयोजना गराउँदा भिन्न मानिसहरुसँग कसरी डिल गर्ने, आइपर्ने समस्याहरुलाई कसरी ट्याकल गर्ने ? जस्ता कुराहरु सिकेको बताए । 

यस्तै कलेजबाट पासआउट भइसकेकी विद्यार्थी अस्मिता तामाङले कार्यक्रममा सहभागी हुन पाउदा कलेजका दिनको याद आएको प्रतिक्रिया दिइन् ।  

Logo