व्यवस्थापन शिक्षामा केन्द्रित मेरिल्यान्ड उच्च मावि, विराटनगर

व्यवस्थापन शिक्षामा केन्द्रित मेरिल्यान्ड उच्च मावि, विराटनगर


विराटनगरको रंगेली रोडमा २३ वर्षअघि खुलेको शैक्षिक संस्था हो मेरिल्यान्ड उच्च मावि । स्थापनाकालदेखि अहिलेसम्म व्यवस्थापन शिक्षामै केन्द्रित रहेको यो कलेजले समय र अन्तर्राष्ट्रिय मागअनुसार आफ्ना कार्सहरुलाई परिमार्जन गर्दै ल्याएको छ ।

१५ सय हाराहारीमा विद्यार्थी अध्ययन गर्ने मेरिल्यान्ड पटक-पटक राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गर्न सफल कलेज पनि हो ।  

प्लस टू अध्ययनमा पूर्वकै उत्कृष्ट कलेजका रुपमा स्थापित मेरिल्यान्डमा प्रविधिमैत्री शिक्षा, नियमित आन्तरिक परीक्षा प्रणाली, आवश्यकता अनुसार अतिरिक्त कक्षा, प्रोजेक्ट वर्कलगायत गतिविधि सञ्चालन हुँदै आएका छन् । 

कक्षागत शिक्षण सिकाइभन्दा पेसागत सीपको विकास व्यवस्थापन शिक्षाकै मूल मर्म भएकाले मेरिल्यान्ड कलेजका गतिविधि एक सफल व्यवस्थापन शिक्षाको उदाहरण हो। अत्याधुनिक भवन र कक्षाकोठा, खुला वातावरण, पर्याप्त खेल मैदान, आवश्यक सम्पूर्ण पुस्तक पाइने पुस्तकालय, हाइजेनिक केन्टिन यसका विशेषता हुन् । 

Logo