कक्षा ११ को छात्रवृत्ति आवेदनका लागि काठमाडौँ महानगरले ३ दिन म्याद थप्यो

कक्षा ११ को छात्रवृत्ति आवेदनका लागि काठमाडौँ महानगरले ३ दिन म्याद थप्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ महानगरपालिकाले कक्षा ११ को छात्रवृत्ति कोटामा अध्ययन गर्न आवेदनका लागि ३ दिन म्याद थप गरेको छ। शिक्षा विभागले सूचना जारी गर्दै साउन १५ गते दिउँसो ३ बजेसम्म आवेदन दिन पाइने शिक्षा अधिकारी सीताराम कोइरालाले जानकारी दिए। 

कागजपत्र मिलाउन समय लागेको, प्रमाण पत्र प्राप्त नभएको जस्ता कारण आफूहरु आवेदन दिनबाट बञ्चित भएको विद्यार्थीहरुले गुनासो गरेपछि ३ दिन म्याद थपिएको शिक्षा अधिकारी सीताराम कोइरालाले जानकारी दिए। ‘धेरै विद्यार्थीहरुलाई आवेदन दिने अवसर उपलब्ध गराउन म्याद थपिएको हो।’ कोइरालाले भने, ‘आवेदन दिने समय थप भए पनि परीक्षाको मिति भने परिवर्तन गरिएको छैन।’ 

करिब ४ हजार ३ सय विद्यार्थीलाई उपलब्ध हुने छात्रवृत्तिका लागि अहिलेसम्ममा ५ हजार ७२८ जनाको आवेदन प्राप्त भएको छ। जसमा सबैभन्दा धेरै विज्ञान विषयका लागि छन्।आवेदन दिन चाहने विद्यार्थीले http://entrance.kathmandu.gov.np/  वेभ ठेगानामा गएर आवेदन दिन सक्नेछन्। 

Logo