कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघका अध्यक्ष रन्जितकुमार पोदारले क्यान महासंघ र लर्ड बुद्ध एजुकेसनको सहकार्यमा ४९ जना विद्यार्थीले २ करोड ८३ हजार रुपैयाँ बराबरको छात्रवृत्तिको व्यवस्था गरेको बताएका छन् ।
आज पत्रकार सम्मेलनको आयोजना गर्दै महासंघका अध्यक्ष पोदारले पढाईमा राम्रो भएपनि आर्थिक अवस्थाको कमजोर भएकाहरुलाई शिक्षा दिने उद्देश्यले क्यान महासंघले यो छात्रवृत्तिको आह्वान गरेको भन्दै त्यसमा पूर्ण सहयोग लर्ड बुद्ध एजुकेसनले दिएको बताए।
उनले भने, 'लर्ड बुद्ध एजुकेसन फाउन्डेसनसंँगको सहकार्यमा शुरु गरिएको हो । यो छात्रवृतिमार्फत यस बर्ष पनि ४९ जना विद्यार्थीहरुलाई आंशिक तथा पुर्ण छात्रबृद्धि प्रदान गर्न लागिएको हो । त्यसमध्ये ७ जनालाई कुनै शूल्क लाग्दैन, ७ वटा प्रदेशबाट एउटा प्रदेशबाट एकजना छात्राहरु छनोट गर्ने गरेको छ । २ करोड ८३ हजार रुपैयाँ बराबरको छात्रवृत्तिको व्यवस्था गरिएको छ ।'
अध्यक्ष पोदारले क्यानले नेसनल आईसीटी स्कलरसिप विगत चारवर्षदेखि गर्दै आएको भन्दै यस वर्षको लागि पनि कमिटी निमार्ण र छनोट प्रक्रिया सुरु भएको बताए । विगत चार वर्षदेखि सञ्चालित यस छात्रवृत्ति कार्यक्रमअन्तर्गत हालसम्म ४६ जना विद्यार्थीहरु अध्ययनरत छन् ।





























प्रतिक्रिया