शिक्षा विधेयकको विरोधमा देशभरका शिक्षक कर्मचारीहरूले आजदेखि सडक आन्दोलन गर्ने

शिक्षा विधेयकको विरोधमा देशभरका शिक्षक कर्मचारीहरूले आजदेखि सडक आन्दोलन गर्ने

केन्द्रबिन्दु
0
Shares

देशभरका शिक्षक कर्मचारीहरू काठमाडौँमा केन्द्रित भएका छन्। विद्यालय शिक्षा विधेयकको विरोधमा उनीहरूले आजदेखि काठमाडौँमा सडक आन्दोलन गर्न लागेका हुन्। त्यसका लागि ७७ वटै जिल्लाबाट राहत, करार, बाल विकास, स्थायी लगायतका शिक्षक कर्मचारी काठमाडौँ आएका हुन्। 

नेपाल शिक्षक महासङ्घको आह्वानमा उनीहरूले आज ११ बजेदेखि माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्ने  भएका छन्। महासङ्घले विभिन्न १८ बुँदे असहमति राखेको छ। जसमा राहत, सावित उच्च मा.वि., बालविकास शिक्षक, विद्यालय कर्मचारी, सबै प्रकारकाे अस्थायी प्रकृतिकाे शिक्षकलाई दर्बन्दीमा लगि सारकारले विगवतकाे नजिरलाई पून विचार गर्नुपर्ने लगायत सरुवा बढुवा, दरबन्दी, स्थानीय पालिकाअन्तर्गत नबस्नेसहितका माग छन्। भने महासङ्घको आन्दोलनले देशभरको पठनपाठन प्रभावित बन्ने भएको छ। 

महासङ्घले आन्दोलनका कारण प्रभावित भएको पठनपाठनपछि अतिरिक्त समयमा पढाएर पूरा गर्ने प्रतिबद्धता जनाएका छन्। विद्यालय बन्द गर्नु आफूहरूको रहर नभएर बाध्यता भएको भन्दै अभिभावक तथा विद्यार्थीहरूलाई आफ्नो मर्का बुझिदिन आग्रह गरेका छन् । 

Logo