माइतीघर-बानेश्वर सडक ढपक्कै ढाकेर आन्दोलनमा शिक्षक,ट्राफिक अस्तव्यस्त

माइतीघर-बानेश्वर सडक ढपक्कै ढाकेर आन्दोलनमा शिक्षक,ट्राफिक अस्तव्यस्त

केन्द्रबिन्दु
0
Shares

कक्षाकोठामा विद्यार्थीहरूमाझ हुनुपर्ने शिक्षक-शिक्षिकाहरू आज सडकमा उत्रिएका छन्। माइतीघर-बानेश्वर सडक ढपक्कै ढाकेर उनीहरूले गरेको विरोध प्रदर्शनले काठमाडौँको ट्राफिक अस्तव्यस्त बनेकाे छ।

संसदमा प्रस्तावित विद्यालय शिक्षा विधेयकको विरोधमा देशभरका शिक्षक आन्दोलित बनेका हुन्। विभिन्न जिल्लाबाट शिक्षक-शिक्षिका गाडी रिजर्भ गरेर आन्दोलनका लागि काठमाडौँ आएका छन्।

सामुदायिक विद्यालयहरूको छाता सङ्गठन नेपाल शिक्षक महासङ्घको आह्वानमा यो आन्दोलन सुरु भएको हो। महासङ्घले देशभरका सबै सामुदायिक विद्यालयहरू बन्द गराएको छ।

Logo