काठमाडौंको बागबजारमा रहेकाे काठमाडौं मोडेल कलेज (केएमसी)ले संयुक्त राष्ट्रसंघ सूचना केन्द्रसँग सहकार्य गरेको छ ।
दिगो विकास र युवाहरुको संलग्नता प्रवर्द्धन गर्ने महत्वपूर्ण प्रयासमा काठमाडौं मोडेल कलेजले संयुक्त राष्ट्र सूचना केन्द्रसँग हात मिलाएर ‘एसडिजी युथ आउटरिच’ कार्यक्रम कलेज परिसरमा आयोजना गरेको थियो । उक्त कार्यक्रममा विभिन्न २० कलेज र विभिन्न विश्वविद्यालयका २०० भन्दा बढि विद्यार्थी तथा संकायहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा संयुक्त राष्ट्रसंघको दिगो विकासका लक्ष्यहरूलाई बढावा दिने उद्देश्यले विविध एजेन्डाहरू प्रस्तुत गरिएको थियो।
उद्घाटन मन्तव्यमा केएमसीका प्रमुख सुरेन्द्र सुवेदीले युवाहरूले एसडिजीलाई आफ्नो अध्ययनमा अँगाल्नुपर्ने आवश्यकता औंल्याए।
त्यसैगरी संयुक्त राष्ट्रसङ्घीय सूचना केन्द्रकी राष्ट्रिय सूचना अधिकारी सिम्रिका शर्माले युवा नेता, विज्ञ र संस्थाहरूलाई एकजुट भएर दिगो भविष्यतर्फको मार्गचित्र बनाउन आग्रह गरिन्।
केएमसीका प्रमुख सुरेन्द्र सुवेदीले युवाहरूले एसडिजीलाई आफ्नो अध्ययनमा अँगाल्नुपर्ने आवश्यकता औंल्याए।
कार्यक्रममा संयुक्त राष्ट्रसंघको क्षेत्रीय कार्यालयका आर्थिक तथा दिगो विकास सल्लाहकार सुवास नेपालीको विशेष प्रस्तुति रहेको थियो । उनले देशको वर्तमान अवस्थाका बारेमा प्रकाश पार्दै विश्वव्यापी लक्ष्यहरू हासिल गर्न नेपालले गरेको प्रगतिबारे चर्चा पनि गरे ।
उनले नेपालको उपलब्धि विश्वव्यापी औसतभन्दा उल्लेखनीय रूपमा राम्रो भए पनि नेपालले आफ्नो प्रगतिलाई तीव्रता दिनुपर्ने धेरै सूचकहरू अझै पनि स्थिर रहेको बताए ।
प्यानल डिस्कसनमा एनपीसीकी योजना अधिकृत कार्तिक यादव, युनिसेफकी पूर्णिमा गुरुङ, युनेस्कोकी प्रतिभा श्रेष्ठ र प्रयास नेपालकी जलशा सापकोटालगायत विज्ञहरू सहभागी थिए।
कार्यक्रमको अन्त्यमा एक सहयोगात्मक कार्यशाला प्रस्तुत गरिएको थियो, जहाँ सबै कलेजका विद्यार्थीहरूले एसडिजीका लक्ष्यहरू प्राप्त गर्नका लागि मुख्य चुनौतिहरूबारे छलफल गरेका थिए र आ-आफ्नो संस्थाहरूलाई अर्थपूर्ण परिवर्तनतर्फ लैजाने प्रतिबद्धता जनाएका थिए।
कार्यक्रमको समापन मन्तव्य केएमसीका आईक्यूएसी प्रमुख ध्रुवप्रसाद तिमिल्सिनाले दिएका थिए । उनले संयुक्त राष्ट्रसंघका अधिकारी, विभिन्न कलेज र विश्वविद्यालयका सहभागीहरूलाई धन्यवाद दिँदै दिगो विकासका लक्ष्यहरू पूरा गर्न विद्यार्थीहरूले देखाएको प्रतिबद्धतालाई कार्यान्वयन गर्ने आशा व्यक्त गरे ।





























प्रतिक्रिया