गुणस्तरीय शिक्षा दिने उद्देश्यले १२ वर्ष अघि स्थापना भएको शिक्षण संस्था हो, प्रेसिडेन्सियल बिजनेश स्कुल (पिबीएस) । काठमाडौंको थापागाँउमा अवस्थित यो कलेजमा प्लस टुदेखि स्नात्तोकत्तरसम्म अध्यापन हुँदै आएका छ ।
पिबीएसले विद्यार्थीलाई घोकन्ते विद्याभन्दा पनि उद्यमशीलताको विकास गर्दै शिक्षालाई प्रयोगात्मक बनाउन जोड दिएको प्रिन्सिपल कल्पना गुरुङ बताउँछिन् । उनका अनुसार व्यवस्थापन संकायलाई प्रेसिडेन्सियल बिजनेश स्कुल तथा प्रविधिलाई प्रेसिडेन्सियल टेक्नालोजी स्कुलमार्फत आफ्ना शैक्षिक कार्यक्रम अघि सारिएको छ ।
प्रिन्सिपल गुरुङ भन्छिन्, ‘विश्वकै प्रतिष्ठित विश्वविद्यालय अमेरिकाको वेष्ट क्लिफ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त यो कलेजमा व्यवस्थापन तथा प्रविधिका विविध विषयमा अध्यापन हुँदै आएको छ । अनुभवी फ्याकल्टी मेम्बरद्वारा व्यवस्थापन तथा आईटी कोर्षको अध्ययन हुने प्रेसिडेन्सियल बिजनेश स्कुल नेपालमै अन्तर्राष्ट्रिय डिग्री दिने शिक्षण संस्था हो ।’
अनुभवी फ्याकल्टी मेम्बरद्वारा व्यवस्थापन तथा आईटी कोर्षको अध्ययन हुने प्रेसिडेन्सियल बिजनेश स्कुल नेपालमै अन्तर्राष्ट्रिय डिग्री दिने शिक्षण संस्था हो ।

पिबिएसमा स्नातकको ४ वर्षे कोर्षमा व्यवस्थापन तथा प्रविधिमा विभिन्न कार्यक्रमलाई विशिष्ठकृत गरिएको छ । व्यवस्थापन संकायमा बीबीए इन फाइनान्स, बीबीए इन मार्केटिंग, बीबीए इन आन्ट्रप्रेनिरसिप तथा प्रविधि तर्फ बीएसी आईटी साइबर सेक्युरिटी, बीएसी इन एआई र मेशिन लर्निंग र बीएसी आईटी इन मल्टिमिडिया एण्ड एआर/भिआरमोबाइल गेमजस्ता समयसापेक्ष विषयको अध्यापन हुँदै आएको छ । पाठ्यक्रम बाहेक विद्यार्थीको सीप तथा ज्ञानलाई निखार्न साइकोलोजी, दिगो विकास लगायत विविध अतिरिक्त विषय समेत अध्यापन गराएर एक उदाहरणीय व्यक्तित्व बनाउन स्कुलले जोड दिएको छ ।
‘दक्षिण एसियाकै उत्कृष्ट शैक्षिक संस्था बन्ने ध्येय बोकेको प्रेसिडेन्सियल बिजनेश स्कुलले व्यवस्थापन संकाय र आईटीतर्फ उत्कृष्ट नतिजा ल्याउन सफल छ । यो कलेजले सैद्धान्तिक ज्ञान मात्र नभएर प्रयोगात्मक अभ्यासमा पनि जोड दिँदै आएको छ।’ प्रिन्सिपल गुरुङ भन्छिन् ।

विद्यार्थीको व्यक्तित्व विकासका लागि डिजिटल ट्रान्सफर्मेशन सेसन, गेष्ट स्पीकर सेसन, वर्कसप, टोस्टमास्टर्ससट क्लब, राईटिंग सेन्टर, जब प्लेसमेन्ट सेल, स्कील ल्याब लगायत रहेका छन् । विद्यार्थीलाई अभिप्रेरित र प्रोत्साहन गर्दै छात्रवृत्तिको कार्यक्रम समेत पिबिएसमा रहेको छ । विद्यार्थीको सर्वांगिण विकासका लागि पाठ्यक्रम सम्बन्धि विविध गतिविध समावेश गरिएको छ । विद्यार्थीको क्षमता विकासका लागि विदेशमा इन्टर्नसिपको व्यवस्था समेत यो कलेजले गरेको छ । त्यसैले त विद्यार्थीको रोजाईमा पिबीएस पर्दै आएको छ ।
पाठ्यक्रम बाहेक विद्यार्थीको सीप तथा ज्ञानलाई निखार्न साइकोलोजी, दिगो विकास लगायत विविध अतिरिक्त विषय समेत अध्यापन गराएर एक उदाहरणीय व्यक्तित्व बनाउन स्कुलले जोड दिएको छ ।
सुविधासम्पन्न भौतिक पूर्वाधार भएको पिबीएसमा विद्यार्थीका लागि अतिरिक्त क्रियाकलापमा समेत जोड दिएको छ । खेलकुद कार्यक्रम, शैक्षिक भ्रमण, श्रोतयुक्त लाइबेरी, प्रविधियुक्त कक्षा कोठा, सुन्दर शान्त वातावरणमा अध्यापन,लगायत यो कलेजका सुविधा हुन् ।
प्लस टु पश्चात उच्च शिक्षामा व्यवस्थापन र आईटी अध्ययन गर्ने विद्यार्थीका लागि पिबीएस उपयुक्त शैक्षिक गन्तव्य हो । विद्यार्थीलाई अन्तर्राष्ट्रिय एक्सपोजरमा सहभागी हुने मौका तथा स्कूलले कर्पोरेट अभ्यासहरूमा विशेष पहुँच प्रदान गर्दै आएको छ । आजको शिक्षा भोलिको भविष्य भने झैं प्रोफेशनल जनशक्ति उत्पादन गर्नेगरी प्रेसिडेन्सियल बिजनेश स्कुलले आफ्नो शिक्षण सिकाई विधि अवलम्बन गरेको छ । त्यसो त नेपालमै अध्ययन गरेर विदेशी डिग्री लिन सम्भव बनाइदिएको छ ।





























प्रतिक्रिया