सूचना प्रविधि अध्यापनमा ख्याति कमाएको एनसीसीएस कलेज

सूचना प्रविधि अध्यापनमा ख्याति कमाएको एनसीसीएस कलेज

केन्द्रबिन्दु
0
Shares

शिक्षण क्षेत्रमा दुई दशक बढिको यात्रा पूरा गरेको नेशनल कलेज अफ कम्प्युटर स्टडीज (एनसीसीएस)ले विद्यार्थीलाई युग सुहाउँदो शिक्षा दिन सूचनाप्रविधि र व्यवस्थापनको क्षेत्रमा ध्यान केन्द्रित गरेर अध्यापन गराउँदै आएको छ । 

काठमाडौंको पकनाजोलमा अवस्थित एनसीसीएसमा अनुभवी एवम् विज्ञ अध्यापकमार्फत अध्यापन हुँदै आएको छ । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यो कलेजमा स्नातकतर्फ ब्याचलर अफ इन्फर्मेशन म्यानेजमेन्ट (बीआईएम), ब्याचलर्स अफहोटल म्यानेजमेन्ट प्रोग्राम (बीएचएम), ब्याचलर अफ साइन्स इन कम्प्युटर साइन्स एण्ड इन्फर्मेशन टेक्नोलोजी(बीएसी सीएसआईटी) तथा ब्याचलर्स अफबिजनेश म्यानेजमेन्ट (बीबीएम) र ब्याचलर अफ कम्प्युटर एप्लिकेशन(बीसीए) पढाई हुँदै आएको छ । 

विद्यार्थीलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउने गरि अध्यापन गराउँदै आएको एनसिसिएसले निरन्तर उत्कृष्ट नतिजा हासिल गरेको इतिहास छ ।   

प्लस टुपछि म्यानेजमेन्ट र आइटीमा भविष्य बनाउने लक्ष्य लिएका विद्यार्थीका लागि स्नातक अध्ययनमा एनसीसीएस उचित गन्तव्य भएकाे कलेजका सिनियर कोअर्डिनेटर रमेश मैनाली बताउँछन् । 

विषयगत इन्टर्नसिपका लागि सहजिकरण गर्दै रोजगारीका लागि समेत एनसीसीएस कलेज शेतु बन्ने गरेको कलेजका सिनियर कोअर्डिनेटर मैनाली दाबी गर्छन् ।

विद्यार्थीलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउने गरि अध्यापन गराउँदै आएको एनसिसिएसले निरन्तर उत्कृष्ट नतिजा हासिल गरेको इतिहास छ । 

विद्यार्थीको सर्वांगिण विकासका लागि एनसिसिएसले इनडोर र आउटडोर खेलकुद, सेमिनार, वर्कसप, लगायत पाठ्यक्रमसंग जोडिएका गतिविधिमा विद्यार्थीलाई जोड दिने गर्छ । हरेक समस्या र चुनौतिको सामना गर्न सक्नेगरी विद्यार्थीलाई उचित परामर्श दिने भएकाले एनसीसीएस विद्यार्थीको रोजाइमा छ । विषयगत इन्टर्नसिपका लागि सहजिकरण गर्दै रोजगारीका लागि समेत एनसीसीएस कलेज शेतु बन्ने गरेको सिनियर कोअर्डिनेटर मैनाली दाबी गर्छन् ।

समाचारकाे भिडियाेका लागि यस लिंकमा क्लिक गर्नुहाेस्

Skip This
Skip This
Logo