प्रान्जल एजुकेसन कन्सल्टेन्सीकाे ‘इन्टरनेसनल एजुकेसन फेयर’ भव्य रुपमा सम्पन्न

प्रान्जल एजुकेसन कन्सल्टेन्सीकाे ‘इन्टरनेसनल एजुकेसन फेयर’ भव्य रुपमा सम्पन्न

केन्द्रबिन्दु
0
Shares

प्रान्जल एजुकेसन कन्सल्टेन्सीकाे ‘इन्टरनेसनल एजुकेसन फेयर’ भव्य रुपमा सम्पन्न भएकाे छ । 

विगत १४ वर्षदेखि विदेशी भूमिमा गएर उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरुका लागि निरन्तर परामर्श सेवा दिइरहेको प्रान्जल एजुकेसन कन्सल्टेन्सीकाे आइतबार आयाेजित ‘इन्टरनेसनल एजुकेसन फेयर’ भव्य रुपमा सम्पन्न भएकाे हाे । 

आइतबार बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म परामर्श कार्यक्रम चलेकाे थियाे, जसमा अमेरिका, यूके, अष्ट्रेलिया र क्यानडामा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरुलाई परामर्श सेवा दिइएको थियो । 

प्रान्जल एजुकेसन कन्सल्टेन्सीका प्रबन्ध निर्देशक वासुदेव दाहालका अनुसार मेलामा विद्यार्थीहरुको संख्या निकै उत्साहजनक रहेको थियो ।

प्रान्जल एजुकेसन कन्सल्टेन्सीका प्रबन्ध निर्देशक वासुदेव दाहालका अनुसार मेलामा विद्यार्थीहरुको संख्या निकै उत्साहजनक रहेको थियो । 

साे अवसरमा प्रबन्ध निर्देशक दाहालले उच्च शिक्षाका लागि विदेश पढ्न जाने सोचमा रहेका विद्यार्थीहरुले कम्तीमा ५ वटा कन्सल्टेन्सीहरुमा गएर बुझ्नका लागि आग्रह गरेका छन् । जसमध्ये प्रान्जल एजुकेसन कन्सल्टेन्सीलाई पनि प्राथमिकतामा राख्न उनले आग्रह गरे । 

उनले अमेरिका, यूके, अष्ट्रेलिया र क्यानडा उच्च शिक्षाका लागि जान चाहने विद्यार्थीहरुका लागि प्रान्जल एजुकेसन कन्सल्टेन्सी सबैभन्दा योग्य भएको बताए । 

उच्च शिक्षाका लागि विदेश पढ्न जाने सोचमा रहेका विद्यार्थीहरुले प्रान्जल एजुकेसन कन्सल्टेन्सीलाई प्राथमिकतामा राख्न प्रबन्ध निर्देशक दाहालले आग्रह गरे ।

यसैगरी इक्यानका अध्यक्ष शेषराज भट्टराईले ‘इन्टरनेसनल एजुकेसन फेयर’मा सहभागी हुँदा आफू निकै हर्षित भएको बताए । उनले यस्ता मेलाहरुबाट उच्च शिक्षाका लागि विदेश गन्तब्य बनाउने धेरै विद्यार्थीहरुका लागि निकै मद्दत पुगेको पनि बताए ।  

‘इन्टरनेसनल एजुकेसन फेयर’मा सहभागी इक्यानका पूर्वअध्यक्ष प्रकाश पाण्डेले उच्च शिक्षाका लागि नेपालमा पर्याप्त स्रोत र साधनहरु नभएका कारण विदेश पढ्नका लागि जानु राम्रो भएको बताए । उनले एजुकेसन फेयरमा आएर विदेश जानैपर्छ भन्दा पनि आफ्ना लागि उचित र अनुचित सबै कुराहरुका बारेमा बुझेर मात्रै प्रकृयामा अघि बढ्न पनि सुझाए । 

साथै मेलामा सहभागी विद्यार्थीहरुले पनि मेलाबाट आफूले पढ्न जाने देशका बारेमा सम्पूर्ण जानकारीहरु पाएको र यस्तो मेलामा आयोजना हुँदा आफूहरु जस्तो थुप्रै विद्यार्थीहरु लाभान्वित हुने बताए । 

Skip This
Skip This
Logo