व्यवस्थापन संकायमा सर्वाेत्कृष्ट अध्यापन हुने कलेज, एस इन्स्टिच्युट अफ म्यानेजमेन्ट

व्यवस्थापन संकायमा सर्वाेत्कृष्ट अध्यापन हुने कलेज, एस इन्स्टिच्युट अफ म्यानेजमेन्ट

केन्द्रबिन्दु
0
Shares

व्यवस्थापन संकायमा नेपालमै उत्कृष्ट पढाइ हुने शिक्षण संस्थाको नाम हो, एस इन्स्टिच्युट अफ म्यानेजमेन्ट । शैक्षिक क्षेत्रमा पृथक पहिचान बनाएको यो कलेज एस इन्स्टिच्युट अफ म्यानेजमेन्टका रुपमा सञ्चालनमा रहेकाे छ । 

एस इन्स्टिच्युट अफ म्यानेजमेन्ट काठमाडौंको नयाँ बानेश्वरमा रहेको छ । २४ वर्ष बढिको शैक्षिक इतिहास बोकेको यो कलेजमा स्नातक तथा स्नातकोत्तर तहको अध्यापन हुँदै आएको छ । ६ हजार भन्दा बढि दिक्षित विद्यार्थी भइसकेको यो कलेजमा ३ सय बढि फ्याकल्टी मेम्बर आफ्नो क्षेत्रमा विज्ञता हासिल गरेका छन् । पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यो कलेजमा बीबीए  र बीबीए-बीआई तथा मास्टर्सतर्फ एमबीए र ई-एमबीए अध्यापन हुँदै आएको छ ।

कलेजका डाइरेक्टर रमेशकुमार चाैहान एस इन्स्टिच्युट अफ म्यानेजमेन्टले विद्यार्थीलाई सैद्धान्तिक ज्ञान मात्र नभएर व्यवसायिक बनाउन जोड दिएको बताउँछन् ।

कलेजका डाइरेक्टर रमेशकुमार चाैहान एस इन्स्टिच्युट अफ म्यानेजमेन्टले विद्यार्थीलाई सैद्धान्तिक ज्ञान मात्र नभएर व्यवसायिक बनाउन जोड दिएको बताउँछन् । शिक्षासंगै विद्यार्थीमा व्यवसायिकताको धारणा विकास गर्न कलेजले आन्ट्रप्रेनरसिप, लिडरसिप, म्यानेजेरियल स्किलमा समेत जोड दिएको छ । 

‘कुनै पनि पेशा व्यवसायमा आबद्ध हुन विद्यार्थीका लागि विभिन्न राष्ट्रिय एवम् बहुराष्ट्रिय कम्पनीसंग सम्झौता गरेर जब प्लेसमेन्टको समेत व्यवस्था गरेका छाैं । त्यति मात्र नभएर कलेजले व्यवस्थापनसँग सम्बधित अन्तर्राष्ट्रियस्तरका इभेन्ट्स, सेमिनारमा समेत विद्यार्थीलाई पठाउने गरेको छ ।’ उनी भन्छन् । 

नेपालमै पहिलो पटक यो कलेजले विद्यार्थीमा भएको सीप तथा क्षमता अभिवृद्धि गर्न बिजनेश म्यानेजमेन्ट फेस्टिबल समेत आयोजना गर्दै आएको छ । यो कलेजले विद्यार्थीको लगनशीलता र मिहिनेतलाई ध्यान दिँदै छात्रवृत्तिको व्यवस्था समेत गरेको छ । 

विद्यार्थीको सिकाइको दायरा फराकिलो बनाउन यो कलेजले कुनै कसर बाँकी राखेको छैन । यो कलेजमा एस स्टार्ट अप, पाठ्यक्रमसंग मिल्ने विभिन्न क्लबमा विद्यार्थी आबद्ध रहेका छन् । त्यतिमात्र नभएर अन्तर्राष्ट्रिय प्रतिष्ठित विश्वविद्यालयबाट सम्बन्धन समेत रहेकाले स्वदेशमै विदेशी डिग्रीका अवसर समेत यो कलेजमा रहेको कलेजका डाइरेक्टर चाैहान बताउँछन् । 

विद्यार्थीको सिकाइको दायरा फराकिलो बनाउन यो कलेजले कुनै कसर बाँकी राखेको छैन । यो कलेजमा एस स्टार्ट अप, पाठ्यक्रमसंग मिल्ने विभिन्न क्लबमा विद्यार्थी आबद्ध रहेका छन् ।

गुणस्तरीय शिक्षा सँगसँगै विद्यार्थीलाई प्रतिस्पर्धात्मक बजारमा उतार्न यस कलेजले ननक्रेडिट कोर्शहरु थप गर्दै सिकाइ पद्दतिलाई बलियो बनाएको छ । विद्यार्थीको सीप तथा क्षमता अभिवृद्धिका लागि कलेजले इन्डष्ट्रीयल टुर लगायतका शैक्षिक भ्रमण गराउँदै बैंकिङ, एनजीओ/आईएनजीओ, इन्डष्ट्री, कर्पोरेट कम्पनी लगायतमा जब प्लेसमेन्टको अवसर मिलाइदिने गरेको छ । त्यसैले त यो कलेज विद्यार्थीको रोजाईमा पर्ने गरेको छ । 
 
व्यवस्थापन संकायमा उत्कृष्ट अध्यापन गराउँदै आएको यो कलेज विद्यार्थीलाई विश्वबजारमा प्रतिस्पर्धी बनाउन शैक्षिक शेतुका रुपमा सहजिकरण गर्दै आएको छ । विद्यार्थीको चौतर्फी विकासलाई ध्यान दिँदै कलेजले पाठ्यक्रमसंग सम्बन्धित शैक्षिक गतिविधि एवम् अतिरिक्त क्रियाकलापसमेत समावेश गरेको छ । विद्यार्थीका लागि खेलकुद, आर्ट र कल्चर, खेलकुद एवम् शैक्षिक भ्रमण,सामाजिक कार्य, गेष्ट लेक्चरल क्लासलगायत रहेका छन् । भौतिक पूर्वाधारले समेत सुविधा सम्पन्न एस कलेजले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको अध्यापन विधिलाई अंगालेको छ । नेपालमै व्यवस्थापन शिक्षामा नविनतम शिक्षण पद्दति अँगालेकाले पनि विद्यार्थीका लागि उच्च शिक्षा अध्ययन गर्न एस नै उत्कृष्ट शैक्षिक गन्तव्य हुनेमा दुई मत छैन ।

Logo