राष्ट्रिय क्रिकेट टाेलीका ५ खेलाडीलाई फिनिक्स कलेजको पूर्ण छात्रवृत्ति

राष्ट्रिय क्रिकेट टाेलीका ५ खेलाडीलाई फिनिक्स कलेजको पूर्ण छात्रवृत्ति

केन्द्रबिन्दु
3
Shares

नेपाल राष्ट्रिय क्रिकेट टाेलीका उदयमान ५ क्रिक्रेट खेलाडीहरुलाई फिनिक्स कलेजले पूर्ण छात्रवृत्ति दिने भएको छ । 

कलेज नेटवर्कका निर्देशक राजु टण्डनले राष्ट्रिय टिमका ब्याट्सम्यान कुशल मल्ल, विवेक यादव, पवन शर्राफ, मौषम ढकाल र प्रतिश जिसीलाई ४ वर्षे बिबिए अध्ययनको लागि पूर्व छात्रवृत्ति प्रदान गरेको बताएका हुन् । उनले राष्ट्रिय क्रिकेट खेलाडीहरुले खेल मैदानमा देखाएको प्रदर्शन, समर्पण र सीपलाई पुरष्कृत गर्न यो छात्रवृत्ति प्रदान गरेको र छात्रवृत्तिले खेलाडीहरूको खेल जीवन र शैक्षिक जीवनलाई जोड्ने विश्वास कलेजले लिएको बताए। 

खेलकुदमार्फत अन्तर्राष्ट्रिय जगतमा राष्ट्रलाई गौरवान्वित बनाएका खेलाडीहरुको शैक्षिक यात्रामा सहकार्य गर्न पाउँदा उत्साहित रहेको कलेजले बताएको छ । 

फिनिक्स कलेजले यसअघि राष्ट्रिय क्रिकेट टिमका कुशल भुर्तेल, कमलसिंह ऐरी, सन्दीप जोर, सूर्य तामाङ, भिम सार्कीलाई ४ वर्षे बिबिए अध्ययनका लागि पूर्ण छात्रवृत्ति प्रदान गरेको थियो । कलेजले खेलकुदमार्फत अन्तर्राष्ट्रिय जगतमा राष्ट्रलाई गौरवान्वित बनाएका खेलाडीहरुको शैक्षिक यात्रामा सहकार्य गर्न पाउँदा उत्साहित रहेको बताएको छ । 

काठमाडौंको मैतीदेवीमा अवस्थित फिनिक्स कलेज अफ म्यानेजमेन्ट लिंकन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी एम.बी.ए. तथा वि.वि.ए. कार्यक्रम सञ्चालन गर्ने नेपालको पहिलो कलेज हो । हाल कलेजमा लिङ्कन विश्वविद्यालय अन्तर्गतका एमबीए, बिबिए, बिएचएम, एमसीएस र बिआइटी कार्यक्रम संचालित छन्।

Skip This
Skip This
Logo