निजगढमा निःशुल्क एसइई तयारी कक्षा संचालनमा

निजगढमा निःशुल्क एसइई तयारी कक्षा संचालनमा

केन्द्रबिन्दु
0
Shares

बाराको निजगढ नगरपालिकाले निःशुल्क एसइई तयारी कक्षा संचालनमा ल्याएको छ। नगरपालिकाभित्र रहेका ८ वटा माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई आगामी एसइई परीक्षा लक्षित तयारी कक्षा संचालनमा ल्याईएको हो।

निजगढ वडा नं ११ स्थित नेपाल राष्ट्रिय माविबाट सुरु गरिएको तयारी कक्षामा विद्यार्थीहरुलाई अंग्रेजी, गणित र विज्ञानको निःशुल्क पढाइने निजगढ नगरपालिकाका शिक्षा तथा खेलकुद शाखा प्रमुख उत्तम लामिछानेले जानकारी दिए।

कार्यक्रमको उद्घाटन गर्दै नगरप्रमुख सुरथ पुरीले विद्यार्थीहरुको एसइई परीक्षामा राम्रो नतिजा ल्याउन नगरपालिकाले यस्तो व्यवस्था गरेको जानकारी दिए। कार्यक्रमले विद्यार्थीहरुको नतिजाान सुधार ल्याउन सहयोग पुग्ने उनको भनाई थियो। उनले कक्षा ८ का विद्यार्थीहरुको लागि पनि तयारी कक्षा संचालन गरिने बताए।

कार्यक्रममा नगरका उपप्रमुख सोममाया थिङ्ग, वडा नम्बर १० का वडा अध्यक्ष आशाकाजी श्रेष्ठ र ११ का अध्यक्ष सहइया गुरोलगायत विभिन्न माध्यमिक विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु र विषयगत शिक्षकहरुको उपस्तिथि रहेको थियो।

Logo