विद्यार्थीको प्रतिभा प्रष्फुटन गर्न प्राविधिक शिक्षा जरुरी : पुरुषोत्तम महर्जन (प्रिन्सिपल, सेन्ट लरेन्स कलेज)

विद्यार्थीको प्रतिभा प्रष्फुटन गर्न प्राविधिक शिक्षा जरुरी : पुरुषोत्तम महर्जन (प्रिन्सिपल, सेन्ट लरेन्स कलेज)

केन्द्रबिन्दु
0
Shares

हिजोआज नेपालमा पनि नयाँ नयाँ प्रविधि र आविष्कारहरु भइरहेका छन् । विद्यार्थीहरुका रुची र आवश्यकताहरु बुझेर कलेजहरुले पनि त्यही अनुरुपका कोर्षहरु राखेर पढाउँदै आएका छन् । हालै मात्र राजधानीको चावहिलमा रहेको सेन्ट लरेन्स कलेजका विद्यार्थीहरुले पनि विज्ञान प्रर्दशनी गरेका छन् । उनीहरुले गरेका आविष्कारहरु निकै आर्कषक थिए । यस कलेजमा कसरी विद्यार्थीहरुले यस्तो आविष्कार गर्न सफल भए भन्ने विषयमा कलेजका प्रिन्सिपल पुरुषोत्तम महर्जनसँग हामीले कुराकानी गरेका छौं । प्रस्तुत छ, महर्जनसँग  केन्द्रबिन्दुकर्मी सृजना राईले गरेको कुराकानी:

१. तपाईंहरुले विद्यार्थीहरुलाई के त्यस्तो सिप सिकाउनु भयो, जसले गर्दा अहिले उनीहरुले नयाँ नयाँ आविष्कारहरु गर्न सफल भए ?

पक्कै पनि विद्यार्थीहरुको कक्षाभित्रको क्रियाकलाप मात्र नभई हामीले बाहिरी क्रियाकलापहरुमा पनि सहभागिता गराइरहेका छौं । जसमा कोर्षभित्रका विषयवस्तुहरु त छँदैछन्, त्यस बाहेकका विभिन्न लेवल अनुसार थप स्किलका कोर्षहरु दिइरहेका छौं । प्लस टूमा टेक्निकल्ली कक्षाहरु छुट्टै दिएका छौं । साइन्सका ल्यापहरुमा अवलोकन गराइएको छ । व्यवहारिक रुपमा अगाडी बढाइएको छ । त्यसैले विद्यार्थीहरु आविष्कार गर्न सफल भएका हुन् ।

२. विद्यार्थीहरुको हौसला बढाउनका लागी के गर्न आवश्यक छ ?

विद्यार्थीहरु भित्र रहेको प्रतिभा, क्षमतालाई खुलाएर बाहिर ल्याउन विद्यार्थीहरु मार्फत क्लब गठन गर्ने, जस्तै साइन्स क्लब, स्पोर्टस क्लब, सोसियल क्लब, वातावरण क्लब गठन गर्न सकिन्छ । हरेक विद्यार्थीहरुको आआफ्नै रुचिहरु हुन्छन् । र यस्तो क्लबहरुको क्रियाकलापहरुमा विद्यार्थीहरु आफ्नो रुची अनुसार सहभागी हुन्छन् । साथै सम्बन्धित विद्यालय र कलेजहरुले पनि उनीहरुको माग अनुसार शिक्षा दिने र राम्रो गर्नेहरुलाई प्राथमिकता दिएर प्रतिभा प्रष्फुटन गराउने काम गराउन सकेमा पक्कै पनि उनीहरुलाई पढ्ने जाँगर पलाउँछ ।

३. अहिले यहाँ विद्यार्थीहरुले आफ्ना आविष्कारहरु प्रर्दशन गरिरहेका छन्, यस्ता आविष्कारहरुको प्रर्दशनी यो पहिलो हो कि यसअघि पनि हुने गरेको थियो ?

हामीले विद्यार्थीका लागि प्रयोगात्मक अभ्यास गर्दै आइरहेका छौं । जसले गर्दा पहिलेदेखि नै यसप्रति विद्यार्थीको रुचि बढीरहेको थियो । विगतका विद्यार्थीले पनि यस्ता आविष्कारहरु गरेका थिए । हामीले ती आविष्कारहरुलाई यसरी नै प्रर्दशनमा राखेर उनीहरुलाई हौसला बढाइरहेका छौं ।

४. यहाँ पढेका विद्यार्थीहरुको उन्नति प्रगति के कस्तो रहेको छ ?

हामी विगत २३ वर्षदेखि शिक्षा क्षेत्रमा लागिरहँदा धेरै विद्यार्थीहरु डाक्टर भइसके । इन्जिनियर, वकिल, सि.ए . बिज्नेस पर्सन भइसकेको अवस्था छ । यो क्रम निरन्तर जारी छ । विद्यार्थीहरुले पनि यहाँको वातावरण बुझेर आफूमा चाहिने ज्ञान लिइरहेका छन् । प्रत्येक वर्ष नयाँ नयाँ आविष्कारहरु गरिरहेका छन् । अहिले भइरहेको प्रर्दशनीमा यहाँहरुले त्यो त देखिरहनु नै भएको छ नि ।

५. विद्यार्थीहरुलाई यस्ता प्रविधि सिकाउन कलेजको भावी योजनाहरु के छन् ?

हजारौं कलेजहरुको बीचमा हामी विद्यार्थीलाई नयाँ र आधुनिक पद्धति पनि चुनेका छौं । साथसाथै नयाँ पद्धतिहरु मार्फत शिक्षा दिएका छौं । र अबका दिनहरुमा आर्ट, साथै थ्रीडी, एनिमेशन मार्फत पढाउन खोजिरहेका छौं । अहिलेको लेटेस्ट प्रविधिमार्फत स्मार्ट क्रियाकलापहरुमा व्यस्त कक्षाहरु ल्याउदै छौं । अन्तर्राष्ट्रिय क्रियाकलापहरुमा पनि सहभागि गराउदै जाने हाम्रो प्रयास छ । आगामी वर्षहरुमा तपाईंहरुले यहाँका विद्यार्थीहरुमा नयाँ आविष्कारहरु गरेको देख्न पाउनु हुनेछ ।

Skip This
Skip This
Logo