भक्तपुर । शिक्षक लाइसेन्सको विज्ञापन स्थगत गर्न माग गरिएको छ । माध्यमिक विद्यालय शिक्षक युनियनले साविकको उच्च माध्यमिक तहमा अध्यापन गर्दै आएका शिक्षकहरुले अध्यापन अनुमती पत्र (लाईसेन्स) का लागि खुलेको विज्ञापन स्थगन गर्न माग गरेको हो ।
यूनियनले शिक्षक सेवा आयोगका पदाधिकारीलाई आईतबार ज्ञापनपत्र बुझाउँदै उक्त माग गरेका हुने । उक्त विज्ञापन तत्काल स्थगन गरी कक्षा ११ र १२ मा वर्षौं देखि अध्यापन गरिरहेका, योग्यता पुगेका र अस्थायी अनुमती पत्र प्राप्त शिक्षकहरुलाई विना सर्त स्थायी अध्यापन अनुमती पत्र प्रदान गर्न युनियनले माग गरेको छ । युनियनले तिन दिने अल्टिमेटम सहितको ध्यानाकर्षण पत्र बुझाएको हो ।
शिक्षक सेवा आयोगले हालै खुलाएको विज्ञापन नं ३५ बमोजिमको अध्यापन अनुमती पत्रका सम्वन्धमा युनियनको ध्यानाकर्षण भएको उल्लेख गर्दै उक्त विज्ञापनमा साविक उच्च माध्यमिक तहमा अध्यापन हुने विषय र पाठ्यक्रमलाई पूर्ण वेवास्ता गरी असम्बन्धित विषयवस्तुहरु मात्र समेटिएको दावी गरिएको छ ।
‘शिक्षा ऐनको आठौं र नवौं संशोधनको भावनालाई लत्याइएका कारण संगठनलाई यसका विरुद्ध जान बाध्य बनाइएको कुरा जानकारी गराउँदछौँ’ ज्ञापन पत्रमा भनिएको छ, ‘२०४६ को उच्च माध्यमिक शिक्षा ऐन अन्तर्गत २०४९ सालदेखि सेवा गर्दै आएका शिक्षकहरुलाई गरिएको विभेदपूर्ण व्यवहार हाम्रो संगठनलाई अस्विकार्य छ, २०७३ सालपछि नियुक्त भएका शिक्षकहरुसंग अस्थायी अनुमती पत्र पनि नभएको कुरा अवगत नै छ ।’
ज्ञापन पत्र बुझ्दै आयोगका पदाधिकारीले उक्त विज्ञापनमा केही कुरा अस्पष्ट रहेको स्विकार्दै चाँडैनै मिलाउने आश्वासन दिएको युनियनका अध्यक्ष पुष्प प्रसाद न्यौपानेले जानकारी दिए ।
लामो समय देखि रोकिएको शिक्षक लाईसेन्सको विज्ञापन आयोगले गत असार २ गते खोलेको थियो । माध्यमिक तहको विभिन्न तीन, निमाविको एक र प्राविको एक गरी विभिन्न पाँच किसिमको विज्ञापन खोलेको थियो ।





























प्रतिक्रिया