काठमाडौं,
एसईई परीक्षामा कुन प्रदेशबाट कस्तो नतिजा आयो भन्ने सबैलाई जिज्ञासा हुन सक्छ ।
प्रदेश १ बाट एसईईमा ८१ हजार ७६ जना सहभागी थिए। तीमध्ये १ हजार ९८४ ले ३.६० देखि ४ जीपीए ग्रेड ल्याएका छन्। ३.२० देखि ३.६० जीपीए ल्याउने ८ हजार ४, २.८० देखि ३.२० जीपीए ल्याउने १ हजार ६८१ र २.४० देखि २.८० जीपीए ल्याउने परीक्षार्थी १२ हजार ९६० छन्। २ देखि २.४० जीपीए ल्याउने १८ हजार ६५, १.६० देखि २ जीपीए ल्याउने १८ हजार ३८९, १.२० देखि १.६० जीपीए ल्याउने सात हजार २९९ जना र ०.८० देखि १.२० जीपीए ल्याउने ४९२ जना छन्।
परीक्षामा प्रदेश २ बाट ६६ हजार ४५४ जना सहभागी थिए। तीमध्ये ९३१ परीक्षार्थीले ३.६० देखि ४ जीपीए ल्याएका छन्। ३.२० देखि ३.६० जीपीए ल्याउने ४ हजार ५९६, २.८० देखि ३.२० जीपीए ल्याउने ७ हजार २२५ र २.४० देखि २.८० जीपीए ल्याउने परीक्षार्थी ८ हजार ७१३ छन्। २ देखि २.४० जीपीए ल्याउने १२ हजार ९५ जना, १.६० देखि २ जीपीए ल्याउने १६ हजार ४११, १.२० देखि १.६० जीपीए ल्याउने ११ हजार ७७५ र ०.८० देखि १.२० जीपीए ल्याउने १ हजार ४५४ जना छन्।
प्रदेश–३ बाट १ लाख ५ हजार ६ परीक्षार्थी सहभागी थिए। तीमध्ये १० हजार ६८ परीक्षार्थीले ३.६० देखि ४ जीपीए ल्याएका छन्। ३.२० देखि ३.६० जीपीए ल्याउने २१ हजार ८३२, २.८० देखि ३.२० जीपीएसम्म ल्याउने १९ हजार ३७० र २.४० देखि २.८० जीपीए ल्याउने परीक्षार्थीको संख्या १७ हजार ९१५ छ। २ देखि २.४० जीपीए ल्याउने १७ हजार ७९५, १.६० देखि २ जीपीए ल्याउने ११ हजार ५६३, १.२० देखि १.६० जीपीए ल्याउने ३ हजार ८१ र ०.८० देखि १.२० जीपीएम ल्याउने १९० जना छन्।
गण्डकी प्रदेशबाट ४७ हजार ३१९ जना परीक्षामा सहभागी थिए। तीमध्ये १ हजार ८१८ परीक्षार्थीले ३.६० देखि ४ जीपीए ल्याएका छन्। ३.२० देखि ३.६० जीपीए ल्याउने ५ हजार ८२४, २.८० देखि ३.२० जीपीए ल्याउने ८ हजार ११९ र २.४० देखि २.८० जीपीए ल्याउने परीक्षार्थी ९ हजार ९१५ जना छन्। २ देखि २.४० जीपीए ल्याउने ११ हजार १२८, १.६० देखि २ जीपीए ल्याउने ७ हजार २३३, १.२० देखि १.६० जीपीए ल्याउने १ हजार ७५५ जना र ०.८० देखि १.२० जीपीए ल्याउने १०९ जना छन्।
प्रदेश–५ बाट परीक्षामा ७५ हजार ८४४ जना सहभागी थिए। तीमध्ये १ हजार ६८४ परीक्षार्थीले ३.६० देखि ४ जीपीए ल्याएका छन्। ३.२० देखि ३.६० जीपीए ल्याउने ६ हजार ४८६, २.८० देखि ३.२० जीपीए ल्याउने ९ हजार ९६६ र २.४० देखि २.८० जीपीए ल्याउने परीक्षार्थी १३ हजार ५४ छन्। २ देखि २.४० जीपीए ल्याउने १६ हजार ७१४, १.६० देखि २ जीपीए ल्याउने १६ हजार २३५, १.२० देखि १.६० जीपीए ल्याउने ७ हजार ५९० र ०.८० देखि १.२० जीपीए ल्याउने ८५४ जना छन्।
कर्णाली प्रदेशबाट ३२ हजार ९६६ परीक्षार्थी सहभागी थिए। तीमध्ये १४६ परीक्षार्थीले ३.६० देखि ४ जीपीए ल्याएका छन्। ३.२० देखि ३.६० जीपीए ल्याउने ७४९, २.८० देखि ३.२० जीपीए ल्याउने १ हजार ८४७ र २.४० देखि २.८० जीपीए ल्याउने परीक्षार्थी ५ हजार ११४ जना छन्। २ देखि २.४० जीपीए ल्याउने ९ हजार ३११, १.६० देखि २ जीपीए ल्याउने ९ हजार ८३१, १.२० देखि १.६० जीपीए ल्याउने ३ हजार ९६६ र ०.८० देखि १.२० जीपीए ल्याउने ३९६ जना छन्।
सुदूरपश्चिम प्रदेशबाट ५० हजार ६१० परीक्षार्थी परीक्षामा सहभागी भएका थिए। तीमध्ये २५१ परीक्षार्थीले ३.६० देखि ४ जीपीए ल्याएका छन्। ३.२० देखि ३.६० जीपीए ल्याउने १ हजार ४७०, २.८० देखि ३.२० जीपीए ल्याउने ३ हजार ४८० र २.४० देखि २.८० जीपीए ल्याउने परीक्षार्थी ६ हजार ४०९ जना छन्। २ देखि २.४० जीपीए ल्याउने १२ हजार १९१, १.६० देखि २ जीपीए ल्याउने १५ हजार ५४७, १.२० देखि १.६० जीपीए ल्याउने ८ हजार ३७४ र ०.८० देखि १.२० जीपीए ल्याउने ९३४ जना छन्।
अन्नपूर्णबाट





























प्रतिक्रिया