काठमाडौं । इन्डियन एजुकेसन मेला सम्पन्न भएको छ । नेपाल इन्डिया काउन्सिल फर एजुकेसन (एनआइसीइ) नयाँ बानेश्वर स्थित इन्द्रेणी बङकेटमा आयोजना गरेको मेलामा भारतका उत्कष्ट २० भन्दा बढी विश्वविद्यालयको सहभागिता रहेको थियो । भारतमा पढ्न जाने नेपाली विद्यार्थीहरुलाई लक्षित गरेर एक दिने मेला आयोजना गरिएको हो ।
मेलाको उद्देश्य भारतमा पढ्न जाने नेपाली विद्यार्थीहरुको लागि उत्कृष्ट विश्वविद्यालय छान्न सहयोग पु¥याउनु हो । विद्यार्थीहरुले आफुले पढ्न चाहेको विषयहरु र विश्वविद्यालयको बारेमा एकै छाना मुनी बुझ्ने मौका पाएका थिए । नेपाली विद्यार्थीहरु भारतमा इन्जिनियरिङ, मेडिकल, एमबिए, नर्सिङ कोर्सहरु पढ्न जाने गरेका छन् ।
नेपालका शैक्षिक संस्थाहरुको शुल्कको दाँजोमा भारतीय विश्वविद्यालयको शुल्क अलि संस्तो हुन्छ । त्यसैले पनि विद्यार्थीहरु भारतीय विश्वविद्यालय प्रति आकर्षित हुन्छन् । भारतीय विश्वविद्यालयहरुमा छात्रवृत्तिकाको लागि भने सोही शैक्षिक संस्थामा पढेर राम्रो अंक ल्याउनु पर्ने हुन्छ । राम्रो अंक ल्याएका विद्यार्थीहरुलाई शतप्रतिशत सम्म छात्रवृत्तिको व्यवस्था गर्ने छन् ।
नेपाल इन्डिया काउन्सिल फर एजुकेसन (एनआइसीइ) ले आयोजना गरेको इन्डियन एजुकेसन मेला सम्पन्न
नेपाल इन्डिया काउन्सिल फर एजुकेसन (एनआइसीइ) ले आयोजना गरेको इन्डियन एजुकेसन मेला सम्पन्न
Posted by Kendrabindu – केन्द्रबिन्दु on Thursday, June 27, 2019































प्रतिक्रिया