निजी विद्यालयको नाम नेपालीमै राख्न काठमाडौं महानगरले दियो एक महिना अल्टिमेटम

निजी विद्यालयको नाम नेपालीमै राख्न काठमाडौं महानगरले दियो एक महिना अल्टिमेटम

केन्द्रबिन्दु
12
Shares

काठमाडौं ।  काठमाडौं महानगरपालिकाले निजी विद्यालयको नाम फेर्न एक महिनाको अल्टिमेटम दिएको छ ।

महानगरपालिकाको शिक्षा विभागद्वारा जारी सूचनामा शिक्षा नियमावली २०५९ को नियम १५४ (१) तथा काठमाडौं महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली २०७४ को नियम ७० मा व्यवस्था भए बमोजिम नेपालीपन झल्किने गरी विद्यालयको नामकरण गर्नुपर्ने व्यवस्था रहेको उल्लेख छ।

बिहीबार सूचना जारी गरी महानगरले नेपालीमा नाम राख्न निजी विद्यालयलाई  एक महिनाको समय दिएको हो।

नेपालीपन झल्किने गरी विद्यालयको नामकरण गर्न प्रक्रिया अघि बढाएर एक महिनाभित्र विद्यालय व्यवस्थापन समितिको निर्णयसहित शिक्षा विभागमा निवेदन पेश गर्न सबै विद्यालयलाई विभागले आग्रह गरेको छ।

Skip This
Skip This
Logo