काठमाडौं । केही समय अघि सामाजिक सञ्जालमा प्रधानमन्त्रीको तस्बिर पोष्ट गर्दा एक प्रधानाध्यापक पक्राउ परे । फेसबुकमा प्रधानमन्त्री र राष्ट्रपतिको फोटो बिगारेर अपशब्दसहितको स्टाटस पोष्ट गरेको आरोपमा मेलम्ची नगरपालिका–१३ स्थित फटकशिल माविका प्रधानाध्यापक इश्वरकुमार चौलागाईं पक्राउ परेका थिए ।
प्रधानाध्यापकले नै राष्ट्रपति र प्रधानमन्त्रीको फोटो जोडेर भ्रामक प्रचार गरेपछि…..
अहिलेको आधुनिक जमानामा सबैको पहुँच इन्टरनेटसँग छ । त्यसमा पनि सामाजिक सञ्जाल प्रयोगकर्ताको संख्या अत्यधिक छ । नेपालमा स–साना बालबालिकादेखि बृद्धबृद्धासम्मले सामाजिक सञ्जालको प्रयोग गर्दै आएका छन् । त्यसमा पनि फेसबुक चलाउनेको संख्या अत्यधिक छ ।
बढ्दो सामाजिक सञ्जालको प्रयोगलाई नियमन गर्न सरकारले नियम कानून बनाएको छ । शिक्षा सम्बन्धीका कर्मचारीहरुको लागि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले छुट्टै मार्ग निर्देशन जारी गरेको छ । जसमा शिक्षकहरुलाई फेसबुकमा आफ्नो वास्तविक फोटो राख्नुपर्ने र प्रोफाइल विवरण पनि सहि राख्नुपर्ने प्रावधान मार्ग निर्देशनले गरेको छ ।
उक्त माग निर्देशनले सामाजिक सञ्जालको प्रयोगसँगै शिक्षकहरुका लागि मोबाइल फोन सम्बन्धमा पनि कडाइ गरेको छ । अब शिक्षकले कक्षा कोठामा र शिक्षण सिकाइ क्रियाकलापलाई नकारात्मक प्रभाव पार्नेगरी कक्षाकोठाभित्र मोबाइल प्रयोग गर्न नपाइने व्यवस्था गरेको छ । तर शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्ने प्रयोजनका लागि मोबाइल फोनलाई साधनको रुपमा प्रयोग गर्न सकिनेछ ।
मार्ग निर्देशनले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र सो अन्तर्गतका निकायमा कर्मचारीहरु र विद्यालय वा विश्वविद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीको सामाजिक सञ्जालको प्रयोगसम्बन्धी कार्यको अनुगमन गर्न प्रत्येक विद्यालय र कार्यालयमा सामाजिक सञ्जाल सञ्चालन तथा नियमन सम्बन्धमा सान्दर्भिक शाखा वा व्यक्ति तोक्नुपर्ने व्यवस्था गरेको छ ।
सरकारी निर्णयमा नकारात्मक टीकाटिप्पणी गर्न नपाइनेः
उक्त मार्ग निर्देशनले सरकारको नीति, निर्णय, प्रस्तावित नीतिबारे कुनै पनि टीकाटिप्पणी गर्न नपाउने प्रावधान गरेको छ । आफ्नो व्यक्तिगत सामाजिक सञ्जालमा आदानप्रदान (शेयर) गर्न र सकारात्मक टीकाटिप्पणी गर्न वा व्यंगात्मक शैलीमा टिप्पणी गर्न, नकारात्मक टिप्पणी लाइक गर्न तथा शेयर गर्ने कार्य निजामती कर्मचारी तथा विद्यालय एवं विश्वविद्यालयमा कार्यरत शिक्षक कर्मचारीलाई त्यस्तो कार्य गर्न पूर्णरुपमा रोक लगाएको छ ।
भ्रमणमा जाँदा खिचिएका फोटो सामाजिक सञ्जालमा राख्न नपाइनेः
कुनै कर्मचारीले कार्यालयको खर्चमा भ्रमणमा जाँदा खिचिएका नीजि तस्बिर समेत सामाजिक सञ्जालमा राख्न नपाइने भएको छ । मार्ग निर्देशनको प्रावधान अनुसार कार्यालयको खर्चमा भ्रमण गर्ने व्यक्तिले व्यक्तिगत रुपमा खिचिएको धार्मिक स्थल, बाटो, तालतलैया वा भ्रमण गरिएका स्थलहरुको तस्बिर सामाजिक सञ्जाल राख्न पाइनेछैन् ।
त्यस्तै सरकारी कर्मचारीले कार्यालयको कार्य सम्पादनका सिलसिलामा गर्नुपर्ने कामहरुका सम्बन्धमा खिचिएका फोटो तथा घटना व्यक्तिगत कार्य गरे जस्तो गरी सामाजिक सञ्जालमा राख्न, टिप्पणी गर्न, लाइक गर्न र सेयर गर्न पाइने छैन् ।
यो मार्ग निर्देशन उल्लंघन गरे साइबर क्राइमः
मन्त्रालयले जारी गरेको मार्ग निर्देशनमा उल्लिखत आधार विपरीतका कार्यहरु गरेमा सम्बन्धित निकायले कारवाही प्रक्रिया अघि बढाउनेछ । मार्ग निर्देशन उल्लंघन गरेमा आकर्षित हुने अन्य कानूनहरु जस्तै साइबर कानून बमोजिम कारबाही अघि बढाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सम्बन्धित निकायलाई पत्राचार गर्नेछ ।
[pdf-embedder url=”https://kendrabindu.com/wp-content/uploads/2023/12/सामाजिक_सञ्जाल_र_मोबाइल_फोनको_प्रयोगसम्बन्धी_मार्गनिर्देशन_२०७५1.pdf&





























प्रतिक्रिया