बैतडीकाे सेटीगाउँ माविलाई ‘केन्द्रबिन्दु प्लस टु एजुकेसन एक्सिलेन्स अवार्ड २०८१’

बैतडीकाे सेटीगाउँ माविलाई ‘केन्द्रबिन्दु प्लस टु एजुकेसन एक्सिलेन्स अवार्ड २०८१’

केन्द्रबिन्दु
14.4k
Shares

काठमाडौं । बैतडी जिल्लाको सेटीगाउँ माध्यमिक विद्यालय ‘केन्द्रबिन्दु प्लस टु एजुकेसन एक्सिलेन्स अवार्ड २०८१’ बाट सम्मानित भएको छ । केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिले आयोजन गरेको दोस्रो संस्करणको सो कार्यक्रमबाट सेटीगाउँ माध्यमिक विद्यालय सम्मानित भएको हो ।

सामुदायिक विद्यालयको रूपमा शैक्षिक गुणस्तर सुधार गर्न यस विद्यालयले गरेको अतुलनीय योगदान कदर गर्दै केन्द्रबिन्दुले यो सम्मान प्रदान गरेको छ । शैक्षिक क्षेत्रमा बढ्दो निजीकरणलाई चुनौती दिँदै यस माविले सामुदायिक विद्यालयको पनि शैक्षिक स्तर उत्कृष्ट हुनसक्छ भन्ने प्रमाणित गरेको छ ।

गुणस्तरीय शिक्षालाई जोड दिँदै आएको यस विद्यालयको कुशल प्रधान तथा विषयमा पोख्त शिक्षकहरूले गर्दा शैक्षिक नतिजासमेत उत्कृष्ट हुँदै गइरहेको छ ।

Logo