झापाको मोहनमाया मावि केन्द्रबिन्दु प्लस टु एजुकेसन एक्सिलेन्स अवार्डबाट सम्मानित

झापाको मोहनमाया मावि केन्द्रबिन्दु प्लस टु एजुकेसन एक्सिलेन्स अवार्डबाट सम्मानित

केन्द्रबिन्दु
1.27k
Shares

काठमाडौं । झापाको बिर्तामोडस्थित मोहनमाया माध्यमिक विद्यालय सम्मानित भएको छ । केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिले आयोजन गरेको दोस्रो संस्करणको ‘केन्द्रबिन्दु प्लस टु एजुकेसन एक्सिलेन्स अवार्ड २०८१’ बाट उक्त विद्यालय सम्मानित भएको हो ।

सो विद्यालयमा अध्ययनरत विद्यार्थीले राष्ट्रिय परीक्षा बोर्डमा ल्याएको उत्कृष्ट नतिजा, विद्यार्थीको क्षमता विकास र शिक्षण विधि अपनाएका फरकपनको उच्च कदर गर्दै केन्द्रबिन्दुले सम्मान गरेको हाे ।

गुणस्तरीय शिक्षालाई विशेष फोकस गर्दै अगाडि बढी रहेको यस विद्यालयमा विद्यार्थीको चाप उच्च हुँदै आएको छ । देशका सामुदायिक विद्यालयमध्ये अब्बल ठहरिएको मोहनमाया नमुना विद्यालयको रूपमा पनि परिचित छ । हजारौं विद्यार्थीले अध्ययन गर्दै आएको यस विद्यालयले विद्यार्थीको सर्वाङ्गीण विकासलाई उच्च प्राथमिकता दिएको पाइन्छ ।

Logo