नेपाल मन्टेश्वरी ट्रेनिङ सेन्टरले ९ दिने डिप्लोमा कोर्ष सुरु गरेको छ । मन्टेश्वरीमा पढ्ने बालबालिकालाई आवाजको माध्यमबाट कसरी भाषा सिकाउने भनेर पहिलो दिन ट्रेनिङ सिकाइएको थियो ।
ट्रेनिङ सेन्टरकी संस्थापक पवित्रा लिम्बुका अनुसार बालबालिकालाई आवाजको माध्यमबाट तीन चरणमा भाषा कसरी सिकाउने भन्नेबारे ट्रेनिङमा सिकाइनेछ । तीन चरणहरुमध्ये पहिलोमा पिंक स्किम, दोस्रोमा ब्लु स्किम र तेस्रोमा ग्रिन स्किम गरी तीन चरणमा सिकाइनेछ । जसमध्ये आज ब्लु स्किममा ब्लेन्डिङ साउण्डका बारेमा सिकाइएको थियो ।
संस्थापक लिम्बुका अनुसार नेपालीलाई यो तरिकाबाट अंग्रेजी सिकाउन निकै गाह्रो भने गर्छ । तर नेपालीले नेपाली नै बोल्दा भने त्यस्तो प्रकारको समस्या नआउने पनि उनले बताइन् । किनकी नेपाली भाषामा फोनेटिक हुन्छ । तर अंग्रेजी भाषा बोल्ने र लेख्ने शैली भिन्नाभिन्ने हुने भएकाले अप्ठेरो पर्नसक्छ ।

संस्थापक लिम्बुले मन्टेश्वरीको तरिका र विद्यार्थीहरुको पाठयपुस्तकका आधारमा अंग्रेजी भाषाको दोस्रो लेभल सिकाएको बताइन् । यो करिकुलम वैज्ञानिक ढंगले निमार्ण गरिएकाले कहिल्यै जीवनमा नपढाएका शिक्षकहरुले पनि सहजै पढाउन सक्ने पनि लिम्बुको विश्वास छ । यो करिकुलम सिकेका शिक्षकहरुले कक्षा कोठामा छिर्नुअघि नै विद्यार्थीहरुलाई के पढाउने, कसरी पढाउने त्यो सबै पहिल्यै नै जानकार हुने उनको तर्क छ ।

संस्थापक लिम्बुले नेपालमा उपलब्ध सबै विद्यालयहरु मन्टेश्वरी नभएको र मन्टेश्वरी हुनुका आधारहरु अपूरा भएको जिकिर गरिन् । उनले मन्टेश्वरी हुनका लागि बच्चाको मनोभाव बुझ्ने बच्चाले छोएर, हेरेर, सुनेर पढ्न बुझ्न सक्ने प्रकारको वातावरण निर्माण भएको विद्यालय नै मन्टेश्वरीको मापदण्डमा उभिन सक्ने बताइन् । किनकी विश्वभर यहि तरिकाबाट मन्टेश्वरी शिक्षा प्रदान गरिँदै आएको छ । यो पद्धतीबाट सिकाउँदा सबैभन्दा बढी फाइदा बालबालिका र राष्ट्रलाई नै हुने पनि लिम्बुले बताइन् ।

संस्थापक लिम्बुले डिप्लोमा ट्रेनिङ वर्षमा एक र दुई पटक मात्र गर्ने गरेको पनि बताइन् । तर यो डिप्लोमा लेभलको ट्रेनिङमा सहभागी जनाउन एक शिक्षकले वेसिक लेभलको ट्रेनिङ भने सकाएको हुनुपर्नेछ ।





























प्रतिक्रिया