काठमाडौंको लाजिम्पाटमा अवस्थित जेभियर एकेडेमीले ‘२७औं एनईएफ डे, डिस्ट्रिव्युसन एण्ड फ्रेसर्स वेलकम प्रोग्राम–२०२४’ सम्पन्न गरेको छ ।
बिहीबार गैरीधारास्थित एलिस रेष्टुरेन्टमा आयोजना भएको उक्त कार्यक्रम विहान ८ बजे सुरु भएको थियो । कार्यक्रममा प्रमुख अतिथीका रुपमा प्रा. डा. सुर्दशन राज तिवारी, जेभियर एकेडेमीका अध्यक्ष प्रा.डा. श्रीराम भगत माथे, प्रधानाध्यापक रश्मी शर्मा मैनाली र उपप्रधानाध्यापक प्रकाश श्रेष्ठ उपस्थित थिए । यसका साथै कार्यक्रममा जेभियर एकेडेमी परिवार, विद्यार्थी र उनीहरुका अभिभावकहरुको बाक्लो उपस्थिती रहेको थियो ।
कार्यक्रमको औपचारिक सुरुआत प्रमुख अतिथीले पानसमा बत्ती बालेर गरिएको थियो ।

कार्यक्रमलाई दुई भागमा बाँडिएको थियो । जहाँ पहिलो भागमा अवार्डहरु वितरण गर्ने, प्रमुख वक्ताले बोल्नेलगायत औपचारिक कार्यक्रमहरु भए भने दोस्रो भागमा नाचगानलगायत मनोरञ्जनात्मक प्रस्तुतीहरु देखाइएको थियो ।
सोसाइटी अफ नेप्लिज आर्किटेक सोसाइटीको सहकार्यमा जेभिएर एकेडेमीको नवभवन निर्मााणको डिजाइन प्रतिस्पर्धामा सहभागी ३८ जनालाई सम्मानपत्र दिइएको थियो । जहाँ उत्कृष्ट पाँच सहभागीहमध्ये पहिलो, दोस्रो र तेस्रो हुने सहभागीलाई सम्मान पनि गरिएको थियो । कार्यक्रममा कक्षा १२ मा अध्ययनरत २७७ विद्यार्थीहरुले हालै कक्षा ११ मा भर्ना भएका २३७ विद्यार्थीहरुलाई स्वागत गरेका थिए ।

कार्यक्रममा कलेजका अध्यक्ष प्रा.डा. श्रीराम भगत माथेले जेभिएर कलेजको कोर भ्यालुको बारेमा बताएका थिए । उनले आफ्नो कलेज अन्य कलेजभन्दा पारिवारिक माहोलमा पढाउनुका साथै विद्यार्थीहरुको राम्रोसँगले हेरचाह गर्ने विषयमा धेरै फरक रहेको बताए । २७ वर्षअघि आफूहरुले कलेजको सुरुवात गर्दा विज्ञान संकायमा ८० जना र व्यवस्थापनतर्फ ३० जना विद्यार्थीहरुको मात्र सहभागिता रहेको स्मरण पनि गरे । आज विद्यालयमा ६०० भन्दा बढी विद्यार्थीहरु अध्ययनरत रहेको उनको भनाई थियो ।
२७ वर्षमा जेभियर एकेडेमीबाट ६ हजारभन्दा विद्यार्थीहरु ग्राजुएट भएको पनि कलेजका अध्यक्ष प्रा.डा.माथेले जानकारी गराए ।

कार्यक्रमको प्रत्यक्ष प्रशारण एनटिभी र काष्ठमण्डप टेलिभिजनबाट गरिएको थियो । कार्यक्रमको समापनअघि एकेडेमीका अध्यक्ष प्रा.डा.श्रीराम भगत माथे र प्रधानाध्यापक रश्मी शर्मा मैनालीले मिस्टर एण्ड मिस फ्रेसर्सको विजेतालाई सम्मान गरेका थिए ।































प्रतिक्रिया