एरी नेपालको अध्यक्षमा द्विराज शर्मा निर्वाचित

एरी नेपालको अध्यक्षमा द्विराज शर्मा निर्वाचित

केन्द्रबिन्दु
6
Shares

काठमाडौँ । शैक्षिक परामर्श व्यवसायी संस्था एरी नेपालको दुई वर्षे कार्यकालका लागि अध्यक्षमा द्विराज शर्मा निर्वाचित भएका छन् । एरी नेपालको प्रथम साधारणसभाले शर्माको अध्यक्षतामा कार्यसमिति चयन गरेको हो ।

शर्माको नेतृत्वमा महेशबाबु तिमल्सिना उपाध्यक्ष, सचिवमा नरेन अर्याल, कोषाध्यक्षमा बुद्धिसागर अर्याल र सदस्यमा नवराज केसी निर्वाचित भएका छन् । अष्ट्रेलिया अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि परामर्श उपलब्ध गराउने शैक्षिक परामर्श व्यवसायीको संस्था एरीमा २१ जना सदस्य छन् ।

नवनिर्वाचित अध्यक्ष शर्माले नेपालबाट अष्ट्रेलिया अध्ययन गर्न जाने विद्यार्थीलाई परामर्श दिने क्षेत्रलाई अनुशासित बनाउने, आवश्यक तालिम उपलब्ध गराउने र नेपालमा अन्तरराष्ट्रियस्तरको मेला आयोजना गर्ने लगायतका विषयहरू समेटेर आगामी दुई वर्षको योजना सार्वजनिक गरेका छन् ।

अध्यक्ष शर्माका अनुसार एरीले नेपालस्थित अष्ट्रेलियन दूतावास, अष्ट्रेलियाका विश्वविद्यालय र कलेजमा पढेका पूर्वविद्यार्थीसँग मिलेर अभिमुखीकरणको काम गर्दै आएको छ ।

Logo