विद्यार्थीलाई निःशुल्क यातायात सुविधा

विद्यार्थीलाई निःशुल्क यातायात सुविधा

केन्द्रबिन्दु
9
Shares

बाग्लुङ । अपाङ्गता, असहाय र विपन्नका छोराछोरीलाई पठनपाठन गराउँदै आएको बाग्लुङको रामरेखा आधारभूत विद्यालयले यातायात सेवा शुरू गरेको छ । टाढाबाट आउने विद्यार्थीलाई सेवा दिन निःशुल्क सेवा दिन थालिएको हो ।

बागलुङ नगरपालिका–१ स्थित रामरेखा आधारभूत विद्यालयले एक सय ३९ विद्यार्थीमध्ये १२ जना अपाङ्गता विद्यार्थीले आवासीय सुविधासहित अध्ययन गर्दै आएका छन् । तर अन्य विद्यार्थीले टाढाबाट आउनुपर्दा निकै समस्या भोग्नुपरेको थियो । यस्ता विद्यार्थीलाई निःशुल्क यातायात सेवा दिन थालिएको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भुपेन्द्र केसीले बागलुङ र पर्वतको विभिन्न स्थानबाट विद्यार्थी ल्याउन भ्यान सेवा शुरू गरिएको जानकारी दिए । केसीले धौलागिरि एकीकृत ग्रामीण विकास केन्द्र (डीआईआरडीसी)को पहलमा विद्यालयको पहुँचभन्दा बाहिर रहेका विद्यार्थीलाई विद्यालयमा ल्याउन भ्यान सेवा दिन थालिएको बताए । भ्यान सुविधापछि बालबालिकालाई विद्यालय आउजाउ गर्न धेरै सहज भएको उनले बताए ।

गत वर्ष एक सय १० जना विद्यार्थी भएको विद्यालयमा अहिले एक सय ३९ जना रहेको उनले बताए । सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि काम गर्दै आएको डीआइआरडीसीले विद्यालयलाई भ्यान प्रदान गरेको अध्यक्ष केवी राना मगरले जानकारी दिए । करिब ५० लाख पर्ने भ्यानलाई राजस्व छुट गरेर २० लाख भित्र्याइएको उनले बताए ।

बागलुङ नगरपालिकाका नगर प्रमुख वसन्तकुमार श्रेष्ठले अपाङ्गता भएका विद्यार्थी र अधिकांश मजदुरका छोराछोरी पढ्ने विद्यालयले यातयातको सेवा दिन थालेपछि बालमैत्री नगर घोषणामा थप सहयोग पुगेको बताए ।

Logo