द टाइम्स इन्टरनेसनल कलेजले रोजगारीको ग्यारेन्टीसहित बिबिएम र बिसीए कार्यक्रम संचालन गर्ने

द टाइम्स इन्टरनेसनल कलेजले रोजगारीको ग्यारेन्टीसहित बिबिएम र बिसीए कार्यक्रम संचालन गर्ने

केन्द्रबिन्दु
144
Shares

काठमाडौं । डिल्लीबजारस्थित द टाइम्स इन्टरनेसनल कलेजले दुर शिक्षाको सहयोगमा विश्वको सबैभन्दा ठूलो अनुसन्धान संस्था तथा विश्वकै सबैभन्दा ठूलो मध्येको एक आइ टि कम्पनी आइबिएमको करियर एजुकेसनसँगको सहकार्यमा रोजगारीको ग्यारेन्टीसहित बिबिएम र बिसीए कार्यक्रम संचालन गर्ने भएको छ ।

न्युनतम शुल्कमा गुणस्तरीय शिक्षा दिदै आएको उक्त कलेजले स्वदेशमै अन्तराष्ट्रिय स्तरको शिक्षा उपलब्ध गराउने उद्देश्यले उक्त कार्यक्रम संचालन गर्न लागेको हो ।

आइबिएमसँगको सहकार्यले विद्यार्थीहरुका लागि विश्वव्यापी अवसरहरुको ढोका खुल्नेछन् र विभिन्न राष्ट्रिय अन्तराष्ट्रिय कम्पनीहरुमा रोजगारी प्राप्त गर्न सफल हुने छन् ।

२१औँ शताब्दीका विद्यार्थीलाई विश्वव्यापी रुपमा सक्षम र सफल बनाउन आवश्यक आधुनिक भौतिक पूर्वाधार सहित संचालित उक्त कलेजको आफ्नै अत्याधुनिक र सुविधा सम्पन्न ल्याबहरु, पुस्तकालय, छात्राबास, यातायातका साधनहरु, क्याफ्टेरिया, खेल मैदान रहेका छन् ।

शैक्षिक क्षेत्रमा मात्र नभएर खेलकुद लगायतका अतिरिक्त क्रियाकलापमा समेत उत्कृष्ट स्थान हासिल गर्दै आएको छ । कलेजका विद्यार्थीहरुले शैक्षिक र पेशागत क्षेत्रमा राष्ट्रिय अन्तराष्ट्रिय क्षेत्रमा पाएको सफलताले यसको गुणस्तरलाई प्रमाणित गरिरहेका छन् विभिन्न सेमेस्टरहरुमा विद्यार्थीहरूले राष्ट्रिय रुपमै उत्कृष्ट स्थान हासिल गर्दै आइरहेको हाल उक्त कलेजमा बि एम, बि सी ए, बिए एस डब्लु , बि बि एस र एम बि एसका अलावा कक्षा ११ र १२ का कक्षाहरु पनि सफल रुपमा संचालित छन् ।

द टाइम्स इन्टरनेसनल कलेजले शैक्षिक क्षेत्रमा मात्र नभएर खेलकुद लगायतका अतिरिक्त क्रियाकलापमा समेत उत्कृष्ट स्थान हासिल गर्दै आएको छ ।

कलेजका प्रबन्ध निर्देशक दिपक न्यौपानेका अनुसार त्रिभुवन विश्वविद्यालयसँगको सम्बन्धनमा संचालन गरिएका बि बि एम र बि सी ए का कार्यक्रमहरुमा आइबिएम सँगको सहकार्यले विद्यार्थीहरुका लागि विश्वव्यापी अवसरहरुको ढोका खुल्नेछन् र विभिन्न राष्ट्रिय अन्तराष्ट्रिय कम्पनीहरुमा रोजगारी प्राप्त गर्न सफल हुने छन् ।

साँच्चै रोजगारीको ग्यारन्टी छ त ? भन्ने प्रश्नको जवाफमा न्यौपाने भन्‍छन्- “सम्पूर्ण उत्तीर्ण विद्यार्थीहरुलाई रोजगारीको ग्यारन्टी छ । एकातिर त्रिविको सेमेस्टर कार्यक्रम अर्कोतिर आइ बि एम को तालिम त्यसले विद्यार्थीलाई २१औं शताब्दीमा व्यवसायिक र प्राविधिक क्षेत्रमा सफल हुन आवश्यक सीपहरुले दक्ष बनाउने र उद्दमशिलता समेत प्रवर्द्धन गर्ने हुनाले उनीहरु आफ्नै पेशा व्यवसाय सफल रुपमा संचालन गर्न र विश्वका विभिन्न अन्तराष्ट्रिय कम्पनीहरुमा रोजगारीका अवसरहरु प्राप्त गर्न सफल हुन्छन् ।”

शुल्क बारे न्यौपाने भन्‍छन्, “जुनसुकै आर्थिक अवस्थाका भएपनि जेहेन्दार विद्यार्थीले यस्ता प्रभावकारी शैक्षिक कार्यक्रमबाट बन्चित हुनु हुँदैन भन्ने हाम्रो मान्यता रहेकोले शुल्क न्यूनतम नै रहन्छ ।” युवा पलायनको विकराल समस्या भोगिरहेको देशको अवस्थामा थोरै भएपनि परिवर्तन ल्याउन यस्ता प्रभावकारी शैक्षिक कार्यक्रमहरुमा राज्यले जोड दिनुपर्ने विज्ञहरुको धारणा छ ।

Logo